बर्दिया– बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले बताए।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केका बेला थारू हात्तीको आक्रमणमा परेका थिए। पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दोछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।