काठमाडौं – बेलायतकी प्रधानमन्त्री लिज ट्रसले कार्यभार सम्हालेको ६ हप्तामै अनपेक्षितरुपमा राजीनामा दिएकी छिन्।
तत्कालीन प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएपछि ट्रस प्रधानमन्त्री भएकी थिइन्।
राजीनामा दिँदै ट्रसले आफू जुन अभिभाराका साथ प्रधानमन्त्री चुनिएको सो पूरा गर्न नसकेको बताएकी छिन्।
कन्जर्भेटिभ पार्टीकी नेत्री ट्रस गत सेप्टेम्बरमा नयाँ प्रधानमन्त्री नियुक्त भएकी थिइन्। उनी बेलायतकी प्रधानमन्त्री बन्ने तेस्री महिला हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।