तस्बिर: दोरेन्द्र खड्का
चैनपुर– बझाङमा यात्रुवाहक जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मष्टा गाउँपालिका–४ चिउरीमा बुधबार दिउँसो जिप दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीका अनुसार जीप सडकबाट करिब २०० मिटर तल खसेको छ।
‘अहिलेसम्म ६ जनाको शव फेला परेको छ। बाँकी घाइतेको उद्धार गरेर उपचारका लागि पठाइएको छ,’ डीएसपी भण्डारीले नेपाल लाइभसँग भने।
उनका अनुसार मृत्यु हुनेमा अन्दाजी १२/१३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, १० वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया बसन्ती धामी रहेका छन्।
भण्डारीका अनुसार दुर्घटनामा परेको जीप टुक्रा–टुक्रा भएको छ। ‘जीप सडकबाट खसेर तल चट्टानमा बजारिएर टुक्रा टुक्रा भएको छ। जसकारण हामीले जीपको नम्बर समेत पहिचान गर्न सकेका छैनौं,’ डीएसपी भण्डारीले भने।
घाइते हुनेमा घाइते हुनेमा मष्टा गाउँपालिका-२ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय जिप चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, ५० वर्षीया सिन्कि देवि भण्डारी रहेका छन्।
यसैगरी, २५ वर्षीया कमला कठायत, २१ वर्षीया निन्दा ओखेडा, ७५ वर्षीय वीरबहादुर खड्का, मष्टा- १ का ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, ४ वर्षीय सिम्रन सिंह र २२ वर्षीय हेमन्ती सिंह रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।