ताप्लेजुङ– ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गएराति ट्र्याक्टर दुर्घटनामा परेको थियो।
५५५६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए।
उनका अनुसार उनीहरु सबैको घटनास्थलमा नै निधन भएको हो। ट्र्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको बताइएको छ।
अध्यक्ष वनेमका अनुसार ट्र्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युत्को सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जनासमेत घरतर्फ फर्किने क्रममा ट्र्याक्टरमा सवार थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।