काठमाडौं- कमेडियन अपूर्व क्षितिज सिंह फेरि पक्राउ परेका छन्। उनलाई पहिलाकै घटनामा पक्राउ गरिएको हो।
नेवार समुदायको आस्थामा चोट पुग्ने गरी कमेडी गरेको आरोपमा यसअघि नै उनलाई प्रहरीले पक्राउ गरेको थियो। तर अस्वस्थ भएपछि उनी साधारण तारेखमा छुटेका थिए।
अहिले सोही केसको अनुसन्धान सकेर अदालतमा पेस गर्नुपर्ने भएकाले पक्राउ गरिएको काठमाडौं परिसरका एसपी दिनेशराज मैनालीले बताए।
मंगलबार सार्वजनिक बिदा परेकोले पक्राउ परेका अपूर्वलाई पर्सि बुधबार अदालत गरिने प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।