• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ २२, २०८२ Thu, Jun 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सर्वोच्च अदालतमा सिफारिस भएका तीन न्यायाधीशलाई ४५ दिन पुगेपछि नियुक्त गर्न सम्भव छ?
64x64
नेपाल लाइभ शनिबार, असोज २९, २०७९  ०८:००
1140x725

काठमाडौं– सर्वोच्च अदालतका लागि सिफारिस भएका तीन जना न्यायाधीशको नियुक्ति गर्ने विषयमा अन्योलता सिर्जना भएको छ। 

भदौ २१ गते बसेको न्यायपिरषद्को बैठकले सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा उच्च अदालतका न्यायाधीशहरु नीता गौतम दीक्षित, विनोद शर्मा र डिएन पराजुलीको नाम सिफारिस गरेको थियो। संसद्‌मा सुनुवाइका लागि परिषद्ले पठाएको थियो। परिषदको पत्र अनुसार संसद्ले सार्वजनिक सूचना जारी गरे पनि संसद्‌ नै सकिएपछि सुनुवाइ हुन सकेन।

सरकारले मंसिर ४ गते घोषणा गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगले मंसिर २ गते समानुपातिकतर्फको बन्दसूची बुझेको थियो। 

उम्मेदवारी दर्ता सुरु भएसँगै प्रतिनिधि सभाको कार्यकाल पनि समाप्त भएको थियो। कार्यकाल नै समाप्त भएपछि संसदीय सुनुवाइ समिति पनि स्वत विघटन भएको थियो। संसदीय सुनुवाइ समिति नै नभएपछि उनीहरुको नियुक्ति के हुने भन्नेमा अन्योलता सिर्जना भएको हो। 

संसद्‌मा प्रस्तावित न्यायाधीशको नाम आएपछि भदौ २८ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले १० दिने उजुरी आहृवान गरेको थियो। असोज ७ गते १० दिन पुगेको थियो। तर, असोज १ गतेपछि संसद्को कार्यकाल सकिएकाले सुनुवाइ समिति पनि भएन। त्यसैकारण यो प्रक्रिया त्यसपछि रोकिएको थियो।
 
सिधै नियुक्ति गर्ने सरकारको प्रस्तावपछि राष्ट्रपति कार्यालय अन्योलमा 
असोज २ गतेदेखि प्रतिनिधि सभा कायम नभएकाले अब उनीहरूको संसद्‌मा पत्र आएको ४५ दिनपछि स्वतः अनुमोदन हुने तर्क सरकारले राष्ट्रपति समक्ष गरिसकेको छ। 

सरकारले उनीहरु स्वत: नियुक्ति हुने यसअघिको अभ्यास पनि रहेकाले नियुक्ति गर्नुपर्ने सूचना राष्ट्रपति कार्यालयमा गरेको छ। तर, राष्ट्रपति विद्यादेवी भण्डारी भने अन्योलमा रहेकी छन्। 

यसअघि केपी शर्मा ओलीको समयमा ४५ दिन कटेका ५२ संवैधानिक निकायमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति गरेकी थिइन्। उनीहरुविरुद्ध दायर भएको मुद्दा सर्वोच्चमा विचाराधीन छ। संविधान मिचिएको दाबी गरिएको उक्त मुद्दा विचाराधीन रहेकोले अब थप नियुक्ति गर्ने कि नगर्ने भन्नेमा राष्ट्रपति कार्यालय अन्योलमा देखिएको हो। 

न्यायपरिषद्ले सिफारिस गरेर संसद्‌मा पठाएका तीनजना प्रस्तावित न्यायाधीशमा दीक्षित, शर्मा र पराजुली कात्तिक पहिलो हप्तामा नियुक्तिका लागि  योग्य हुन्छन्।

Ncell 2
Ncell 2

के छ कानुनी व्यवस्था? 
संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ मा न्यायपिरषद्‌बाट नियुक्ति भएर संसदीय सुनुवाइका लागि सुनुवाइ समितिमा पत्र प्राप्त भएको ४५ दिनसम्म सुनुवाइ हुन नसकेमा स्वतः पदमा नियुक्ति हुने भनिएको छ।

‘समितिमा सम्बन्धित निकायबाट पत्र प्राप्त भएको मितिले ४५ दिनभित्र सुनुवाइ गरी प्रस्तावित पदको लागि समितिको राय तयार गरी सम्बन्धित निकायमा पठाउनुपर्नेछ,’ नियमावलीमा भनिएको छ,  ‘उक्त समयभित्र समितिले सम्बन्धित निकायमा आफ्नो निर्णय उपलब्ध गराउन नसकेमा सुनुवाइका लागि पठाइएको पदमा नियुक्तिका लागि कुनै बाधा पुग्ने छैन।’

नेपालको संविधानमा अनिवार्य रुपमा सुनुवाइ हुने परिकल्पना गरिएको छ। संविधानमा सुनुवाइपछि मात्र नियुक्ति गर्ने मनसाय राखेर नै यो व्यवस्था राखिएकाले यसलाई उल्लंघन गर्न नमिल्ने कानुनविदहरुको तर्क छ। 

नेपालको संविधानको धारा २९२ मा संसदीय सुनुवाइ हुने व्यवस्था गरिएको छ।  ‘यस संविधान बमोजिम संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिसद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनुअघि संघीय कानुन बमोजिम सुनुवाइ हुनेछ’, उक्त धारामा भनिएको छ। 

संविधानले नै संसदीय सुनुवाइ हुनुपर्ने बाध्यात्मक व्यवस्था गरेकाले सुनुवाइबिना पदमा नियुक्ति गरिए त्यो संविधानको उल्लंघन हुने कतिपय कानुनविदहरुको दाबी छ। 

संवैधानिक कानुनविद एवं वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतको रिक्त तीन न्यायाधीशको लागि न्यायपरिषद्‌द्वारा  सिफारिस गरिएकालाई संसदीय सुनुवाइबिना नै नियुक्ति गरिन संविधान संशोधन भएको दाबी गरे। संसदीय सुनुवाइबिनै नियुक्ति गरिएमा त्यस्तो कार्यले संविधानको उल्लंघन मात्र नभएर संशोधन नै हुन पुग्ने उनको भनाइ छ। 

‘यो पटक पनि सुनुवाइबिना नियुक्ति गरिने हो भने संविधानको सुनुवाइसम्बन्धी व्यवस्था सदाका लागि निष्क्रिय हुन जान्छ। त्यति मात्र नभएर संविधानवाद र संवैधानिक नैतिकता समाप्त हुन्छ,’ उनले भने,  ‘नियुक्ति लिने र दिनेप्रतिको जनताको अभिमत पनि ध्वस्त हुन्छ।’
 
उनले यो नियुक्तिमा  रास्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश र नेपाल बार तथा सर्वोच्च बारले ध्यान दिनुपर्ने बताए। संसद् सचिवालयले भने अब संसदीय सुनुवाइ हुन नसक्ने भएकाले आफूहरुले यसका केही बताउन नसक्ने बताएको छ। संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले  सुनुवाइ समिति नै नभएकाले सुनुवाइ बारे के हुन्छ? केही भन्न नसक्ने बताए।

यो पनि पढ्नुहोस

सर्वोच्चमा तीन न्यायाधीश सिफारिस, कामु–मुख्यदेखि प्राध्यापकसम्म 

 

प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आरिफको अर्धशतकीय इनिङ्समा नेदरल्यान्ड्समाथि नेपालको उत्कृष्ट जित
बेथानचोक बस दुर्घटना, एक महिलाको मृत्यु
विश्वकप लिग २ : नेदरल्यान्ड्सले दियो नेपाललाई २२६ रनको चुनौतीपूर्ण लक्ष्य
सम्बन्धित सामग्री
सरकारलाई ज्यान मुद्दामा माओवादी उपाध्यक्ष सापकोटाविरुद्ध अनुसन्धान गर्न सर्वोच्चको परमादेश सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला कनकमणि दीक्षितलगायत मानवअधिकारवादीले रिट दायर गर्दै ज्यान मुद्दाका दोषीलाई मन्त्री बनाएको... बुधबार, जेठ २१, २०८२
राजावादीको आन्दोलनबारे समिक्षा बैठक भाँडियो, लिङ्देन नआएको भन्दै युवाहरुको नाराबाजी बुधबार काठमाडौंको एक पार्टी प्यालेसमा बोलाइएको समिक्षा तथा आन्दोलनको नयाँ रुपरेखाका तय गर्ने भनिएको बैठकमा युवाहरुले हो–हल्ला गरेपछि... बुधबार, जेठ २१, २०८२
कर्णाली प्रदेश : नीति तथा कार्यक्रम स्वीकृत बुधवार दिउँसो बसेको मन्त्रिपरिषद्ले उक्त नीति तथा कार्यक्रम स्वीकृत गरेको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताएका छन्। बुधबार, जेठ २१, २०८२
ताजा समाचारसबै
आरिफको अर्धशतकीय इनिङ्समा नेदरल्यान्ड्समाथि नेपालको उत्कृष्ट जित बुधबार, जेठ २१, २०८२
बेथानचोक बस दुर्घटना, एक महिलाको मृत्यु बुधबार, जेठ २१, २०८२
विश्वकप लिग २ : नेदरल्यान्ड्सले दियो नेपाललाई २२६ रनको चुनौतीपूर्ण लक्ष्य बुधबार, जेठ २१, २०८२
सरकारलाई ज्यान मुद्दामा माओवादी उपाध्यक्ष सापकोटाविरुद्ध अनुसन्धान गर्न सर्वोच्चको परमादेश बुधबार, जेठ २१, २०८२
यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अल्पकालीन आदेश बुधबार, जेठ २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
चालू बर्षमा सम्पन्न हुने र दायित्व सिर्जना भएका योजनाहरुलाई कटौती गरिएको छैन : अर्थमन्त्री पौडेल
चालू बर्षमा सम्पन्न हुने र दायित्व सिर्जना भएका योजनाहरुलाई कटौती गरिएको छैन : अर्थमन्त्री पौडेल बुधबार, जेठ २१, २०८२
राष्ट्रिय सभा (अठाराैँ अधिवेशन) बैठक
राष्ट्रिय सभा (अठाराैँ अधिवेशन) बैठक बुधबार, जेठ २१, २०८२
सांसदहरुले गरे सार्वजनिक यातायात सञ्चालन गरेर जिम्मेवार बन्न यातायात व्यवसायीहरुलाई आग्रह
सांसदहरुले गरे सार्वजनिक यातायात सञ्चालन गरेर जिम्मेवार बन्न यातायात व्यवसायीहरुलाई आग्रह मंगलबार, जेठ २०, २०८२
राजावादीको प्रदर्शन सिफल चौर
राजावादीको प्रदर्शन सिफल चौर मंगलबार, जेठ २०, २०८२
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समिति बैठक
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समिति बैठक मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
गृहमन्त्रीलाई सदनमा बोल्न दिन विपक्षी दल तयार मंगलबार, जेठ २०, २०८२
महानगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्