• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्च अदालतमा सिफारिस भएका तीन न्यायाधीशलाई ४५ दिन पुगेपछि नियुक्त गर्न सम्भव छ?

64x64
नेपाल लाइभ शनिबार, असोज २९, २०७९  ०८:००
1140x725

काठमाडौं– सर्वोच्च अदालतका लागि सिफारिस भएका तीन जना न्यायाधीशको नियुक्ति गर्ने विषयमा अन्योलता सिर्जना भएको छ। 

भदौ २१ गते बसेको न्यायपिरषद्को बैठकले सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा उच्च अदालतका न्यायाधीशहरु नीता गौतम दीक्षित, विनोद शर्मा र डिएन पराजुलीको नाम सिफारिस गरेको थियो। संसद्‌मा सुनुवाइका लागि परिषद्ले पठाएको थियो। परिषदको पत्र अनुसार संसद्ले सार्वजनिक सूचना जारी गरे पनि संसद्‌ नै सकिएपछि सुनुवाइ हुन सकेन।

सरकारले मंसिर ४ गते घोषणा गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगले मंसिर २ गते समानुपातिकतर्फको बन्दसूची बुझेको थियो। 

उम्मेदवारी दर्ता सुरु भएसँगै प्रतिनिधि सभाको कार्यकाल पनि समाप्त भएको थियो। कार्यकाल नै समाप्त भएपछि संसदीय सुनुवाइ समिति पनि स्वत विघटन भएको थियो। संसदीय सुनुवाइ समिति नै नभएपछि उनीहरुको नियुक्ति के हुने भन्नेमा अन्योलता सिर्जना भएको हो। 

संसद्‌मा प्रस्तावित न्यायाधीशको नाम आएपछि भदौ २८ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले १० दिने उजुरी आहृवान गरेको थियो। असोज ७ गते १० दिन पुगेको थियो। तर, असोज १ गतेपछि संसद्को कार्यकाल सकिएकाले सुनुवाइ समिति पनि भएन। त्यसैकारण यो प्रक्रिया त्यसपछि रोकिएको थियो।
 
सिधै नियुक्ति गर्ने सरकारको प्रस्तावपछि राष्ट्रपति कार्यालय अन्योलमा 
असोज २ गतेदेखि प्रतिनिधि सभा कायम नभएकाले अब उनीहरूको संसद्‌मा पत्र आएको ४५ दिनपछि स्वतः अनुमोदन हुने तर्क सरकारले राष्ट्रपति समक्ष गरिसकेको छ। 

सरकारले उनीहरु स्वत: नियुक्ति हुने यसअघिको अभ्यास पनि रहेकाले नियुक्ति गर्नुपर्ने सूचना राष्ट्रपति कार्यालयमा गरेको छ। तर, राष्ट्रपति विद्यादेवी भण्डारी भने अन्योलमा रहेकी छन्। 

यसअघि केपी शर्मा ओलीको समयमा ४५ दिन कटेका ५२ संवैधानिक निकायमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति गरेकी थिइन्। उनीहरुविरुद्ध दायर भएको मुद्दा सर्वोच्चमा विचाराधीन छ। संविधान मिचिएको दाबी गरिएको उक्त मुद्दा विचाराधीन रहेकोले अब थप नियुक्ति गर्ने कि नगर्ने भन्नेमा राष्ट्रपति कार्यालय अन्योलमा देखिएको हो। 

न्यायपरिषद्ले सिफारिस गरेर संसद्‌मा पठाएका तीनजना प्रस्तावित न्यायाधीशमा दीक्षित, शर्मा र पराजुली कात्तिक पहिलो हप्तामा नियुक्तिका लागि  योग्य हुन्छन्।

nimb
nimb

के छ कानुनी व्यवस्था? 
संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ मा न्यायपिरषद्‌बाट नियुक्ति भएर संसदीय सुनुवाइका लागि सुनुवाइ समितिमा पत्र प्राप्त भएको ४५ दिनसम्म सुनुवाइ हुन नसकेमा स्वतः पदमा नियुक्ति हुने भनिएको छ।

‘समितिमा सम्बन्धित निकायबाट पत्र प्राप्त भएको मितिले ४५ दिनभित्र सुनुवाइ गरी प्रस्तावित पदको लागि समितिको राय तयार गरी सम्बन्धित निकायमा पठाउनुपर्नेछ,’ नियमावलीमा भनिएको छ,  ‘उक्त समयभित्र समितिले सम्बन्धित निकायमा आफ्नो निर्णय उपलब्ध गराउन नसकेमा सुनुवाइका लागि पठाइएको पदमा नियुक्तिका लागि कुनै बाधा पुग्ने छैन।’

नेपालको संविधानमा अनिवार्य रुपमा सुनुवाइ हुने परिकल्पना गरिएको छ। संविधानमा सुनुवाइपछि मात्र नियुक्ति गर्ने मनसाय राखेर नै यो व्यवस्था राखिएकाले यसलाई उल्लंघन गर्न नमिल्ने कानुनविदहरुको तर्क छ। 

नेपालको संविधानको धारा २९२ मा संसदीय सुनुवाइ हुने व्यवस्था गरिएको छ।  ‘यस संविधान बमोजिम संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिसद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनुअघि संघीय कानुन बमोजिम सुनुवाइ हुनेछ’, उक्त धारामा भनिएको छ। 

संविधानले नै संसदीय सुनुवाइ हुनुपर्ने बाध्यात्मक व्यवस्था गरेकाले सुनुवाइबिना पदमा नियुक्ति गरिए त्यो संविधानको उल्लंघन हुने कतिपय कानुनविदहरुको दाबी छ। 

संवैधानिक कानुनविद एवं वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतको रिक्त तीन न्यायाधीशको लागि न्यायपरिषद्‌द्वारा  सिफारिस गरिएकालाई संसदीय सुनुवाइबिना नै नियुक्ति गरिन संविधान संशोधन भएको दाबी गरे। संसदीय सुनुवाइबिनै नियुक्ति गरिएमा त्यस्तो कार्यले संविधानको उल्लंघन मात्र नभएर संशोधन नै हुन पुग्ने उनको भनाइ छ। 

‘यो पटक पनि सुनुवाइबिना नियुक्ति गरिने हो भने संविधानको सुनुवाइसम्बन्धी व्यवस्था सदाका लागि निष्क्रिय हुन जान्छ। त्यति मात्र नभएर संविधानवाद र संवैधानिक नैतिकता समाप्त हुन्छ,’ उनले भने,  ‘नियुक्ति लिने र दिनेप्रतिको जनताको अभिमत पनि ध्वस्त हुन्छ।’
 
उनले यो नियुक्तिमा  रास्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश र नेपाल बार तथा सर्वोच्च बारले ध्यान दिनुपर्ने बताए। संसद् सचिवालयले भने अब संसदीय सुनुवाइ हुन नसक्ने भएकाले आफूहरुले यसका केही बताउन नसक्ने बताएको छ। संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले  सुनुवाइ समिति नै नभएकाले सुनुवाइ बारे के हुन्छ? केही भन्न नसक्ने बताए।

यो पनि पढ्नुहोस

सर्वोच्चमा तीन न्यायाधीश सिफारिस, कामु–मुख्यदेखि प्राध्यापकसम्म 

 

प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी प्रभावितको उद्धारका लागि २० हेलिकप्टर ‘स्ट्यान्डबाइ’, १० वटा परिचालन
तीर्थयात्री बोकेकासहित दर्जनौँ बस सम्पर्कविहीन, उद्धारका लागि यातायात महासंघको आपत्कालीन बैठक
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द, राति यात्रा नगर्न प्रहरीको आग्रह
सम्बन्धित सामग्री
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ । बिहीबार, भदौ ११, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः... बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार देउवाको मागबमोजिम आदेश संशोधन गर्न कानुनी रूपमा नमिल्ने ठहर ग... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
बाढी प्रभावितको उद्धारका लागि २० हेलिकप्टर ‘स्ट्यान्डबाइ’, १० वटा परिचालन बिहीबार, भदौ ११, २०८३
तीर्थयात्री बोकेकासहित दर्जनौँ बस सम्पर्कविहीन, उद्धारका लागि यातायात महासंघको आपत्कालीन बैठक बिहीबार, भदौ ११, २०८३
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द, राति यात्रा नगर्न प्रहरीको आग्रह बिहीबार, भदौ ११, २०८३
भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला, ४१ घाइतेको उपचार जारी बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
नेपालको विपद्‌मा सहयोग लिएर आउँदै सोनु सूद: भने– ‘नेपाल, तिमी एक्लो छैनौ, हामी खाना र आश्रय लिएर आउँदैछौँ’ बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्