• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्चमा तीन न्यायाधीश सिफारिस, कामु–मुख्यदेखि प्राध्यापकसम्म 

संसदीय सुनुवाइ कति सम्भव?  
64x64
नेपाल लाइभ मंगलबार, भदौ २१, २०७९  १९:३५
1140x725

काठमाडौं– लामो समयपछि सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस भएको छ। न्याय परिषद्को बैठकले उच्च अदालत तुल्सिपुरमा मुख्य न्यायाधीशका रुपमा कार्यरत निता गौतम दीक्षित, कामु मुख्य न्यायाधीशका रुपमा जनकपुरमा कार्यरत विनोद शर्मा र कानुन व्यवसायीबाट ल  क्याम्पसका प्रध्यापक डिएन पराजुली सिफारिस भएका छन्। 

गौतम र शर्मा सर्वोच्चका लागि योग्य न्यायाधीश र विवादरहित व्यक्ति हुन्। पराजुली पनि अहिलेसम्म लो प्रोफाइलमा बसेर अध्यापन र कानुनका क्षेत्रमा काम गरेका व्यक्ति हुन्। उनले लामो समयदेखि प्राध्यापन गर्दै आएका थिए। हालैमात्र वरिष्ठ अधिवक्ताको उपाधि उनले पाएका थिए।

सुरुमा सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतले बनाएको सूचीमा उनी परेका थिएनन् । तर पछि फुलकोर्टले संशोधन गरेको सूचीमा उनी अटाए। उनी एकीकृत समाजवादी पार्टी र माओवादी निकट कानुन व्यवसायीहरुसँग नजिक रहेका छन्।

वामपन्थी पृष्ठभूमिका पराजुलीको जन्मस्थल इलाम हो। उनले लामो समय इलामबाटै कानुन व्यवसाय पनि गरेका थिए। संविधानको धारा १२९ मा सर्वोच्चको न्यायाधीश नियुक्ति सम्बन्धी व्यवस्था छ ।  

कानुनमा स्नातक तह उपाधि गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा कम्तिमा पाँच वर्ष काम गरेको वा कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तिमा १५ वर्ष निरन्तर वकालत गरेको वा कम्तिमा १५ वर्षसम्म न्याय वा कानुनको क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानुनविद्को रूपमा ख्याति प्राप्त गरेको वा न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कम्तिमा १२ वर्ष काम गरेको नेपाली नागरिक सर्वोच्च अदालतको न्यायाधीशको पदमा नियुक्तिका लागि योग्य मानिने संविधानमा भनिएको छ। 

संविधानको यही व्यवस्था अन्तर्गत उनीहरुलाई नियुक्तिको सिफारिस गरिएको हो। सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी रहने संविधानमा व्यवस्था छ। 

हाल प्रधानन्यायाधीशसहित १९ जना न्यायाधीश रहेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा भने  महाअभियोग दायर भएका कारण निलम्बनमा  छन्। उनी मंसिर २६ गते अनिवार्य अवकाश हुनेछन् । 

एक महिना पछिका लागि पनि नियुक्ति 
सर्वोच्च अदालतमा २ न्यायाधीशको पद रिक्त रहेको थियो। तर, परिषद्ले एक महिना पछिका लागि पनि नियुक्ति गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कानुनमा रिक्त हुनु १ महिनाअघि सिफारिस गर्नुपर्ने व्यवस्था भएकाले त्यस अन्तर्गत नै उनीहरुको नाम सिफारिस भएको हो। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले असोज १५ मा अवकाश पाउने भएकाले उक्त अवधिपछि नियुक्ति हुने गरी एक जना सिफारिस भएका छन्। 

होला त संसदीय सुनुवाइ? 
परिषद्ले उनीहरुको नाम सिफारिस गरे पनि  निर्णय भने सार्वजनिक गरेको छैन। सर्वोच्चको निर्णय सार्वजनिक भएर उनीहरुको संसदीय सुनुवाइ भएपछि मात्र नियुक्ति दिइनेछ। परिषद्ले सिफारिस गरिएको सूचना संसद्‌मा पठाउने छ। संसद्‌मा आएलगत्तै संसदीय सुनुवाइ समितिले उनीहरुको नाममा सार्वजनिक सूचना जारी गर्ने छ। 

सार्वजनिक सूचनापछि आएको उजुरीहरुको आधारमा संसदीय समितिले सुनुवाइ गर्ने छ। संसदीय सुनुवाइ समितिले १५ दिनको सार्वजनिक उजुरीको सूचना प्रकाशन गर्नेछ। समितिले त्यसपछि उजुरी लिँदै त्यसमा छानबिन गरेर सुनुवाइ सुरु गर्नेछ। प्रतिनिधि सभाको कार्यकाल अब ८ दिनमात्र बाँकी छ। असोज १ गतेपछि प्रतिनिधि सभाको कार्यकाल स्वत: समाप्त हुने छ।

दलहरुले समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाएपछि प्रतिनिधि सभाको कार्यकाल समाप्त हुने छ। प्रतिनिधि सभाको कार्यकाल समाप्त भएसँगै उनीहरुको संसदीय सुनुवाइ हुने छैन। संसदीय सुनुवाइ समिति पनि स्वत: समाप्त हुनेछ। त्यसैले सिफारिसमा परेकाहरुको संसदीय सुनुवाइ मंसिर ४ मा हुने नयाँ निर्वाचनपछि आउने संसद्ले सुनुवाइ समिति गठन गरेपछि मात्र हुने देखिन्छ। 

Xtrem

Xtrem

२०७४ सालमा भएको निर्वाचनपछि पनि संसदीय सुनुवाइ समिति गठनमा समस्या भएको थियो। तत्कालीन समयमा प्रधानन्यायाधीशका लागि सिफारिस भएका दीपकराज जोशीको हकमा संवैधानिक परिषद्ले सिफारिस गरे पनि सुनुवाइ समिति गठन नहुँदा रोकिएको थियो।

२०७५ असार २५ गते स‌ंसदीय समितिमा नाम सिफारिस भएको थियो। संयुक्त सदनमा रहेका सुनुवाइ समिति १५ सदस्य हुने व्यवस्था संविधानमा उल्लेख छ। राष्ट्रिय सभाबाट ३ सदस्य सहभागी हुने व्यवस्था नियमावलीमा छ।   

दुईवटा विकल्प 
उनीहरुको नियुक्तिका लागि २ वटा विकल्प देखिन्छ। संसदीय सुनुवाइ समितिले सातदिनभित्र सवैको सुनुवाइ सक्ने गरि प्रक्रिया पूरा गर्ने पहिलो विकल्प हो। संसदीय सुनुवाइ समितिले मंगलबार पत्र  बुझेर सोही दिन सार्वजनिक सूचना जारी गरेमा र तीन दिन वा सात दिनभित्र उजुरी माग गरेमा सुनुवाइ हुनसक्ने देखिन्छ। 

तीन दिन समय तोकेमा  शुक्रबार भदौ २४ गते उजुरी लिँदै बाँकी ६ दिनमा संसदीय सुनुवाइ गरेर अनुमोदन गर्न सक्ने देखिन्छ। यसरी भदौ २९ गतेसम्म उजुरी संकलन गरेर ३० र ३१ गते सुनुवाइ समाप्त गर्न सक्ने देखिन्छ। सुनुवाइ सकिएमा राष्ट्रपतिले उनीहरुलाई नियुक्ति दिन बाधा हुने छैन।

दोस्रो विकल्प भनेको ४५ दिन पार भएपछि नियुक्ति दिँदै सर्वोच्च हाजिर गराउने हो। यसअघि मुस्लिम आयोगको अध्यक्ष र प्रतिनिधि सभा विघटनको  समयमा सिफारिस भएर सुनुवाइ नभएका संवैधानिक अंगका व्यक्तिहरु त्यसैगरी नियुक्त भएकाले यो बाटो पनि हुने देखिन्छ। यदि अहिले नियुक्त हुन नसकेमा सिफारिस भएकामध्ये गौतमले अर्को संसद् आउनुअघि नै अवकाश पाउनेछिन्।

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
कोशीदेखि बागमतीसम्मका एमाले नेतासँग ओलीको भर्चुअल सम्बोधन
सम्बन्धित सामग्री
कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध मंगलबार सुनसरीको लौकहीमा भएको कांग्रेसको क्षेत्रीय अधिवेशनबाट खस आर्यतर्फ उनी निर्विरोध भएको निर्वाचन अधिकृत दामोदर दाहालले बताए। मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट नेपालका लागि आफ्नो राजदूतको कार्यकाल पूरा गरी भारत फर्किन लागेका श्रीवास्तवले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प... मंगलबार, असोज १३, २०८३
कोशीदेखि बागमतीसम्मका एमाले नेतासँग ओलीको भर्चुअल सम्बोधन २०८३ असोज १३ गते भएको भर्चुअल कार्यक्रममा अध्यक्ष ओलीले पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठन सुदृढीकरण तथा आगामी कार्यदिशालगायत व... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट मंगलबार, असोज १३, २०८३
कोशीदेखि बागमतीसम्मका एमाले नेतासँग ओलीको भर्चुअल सम्बोधन मंगलबार, असोज १३, २०८३
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते, खुलामञ्चमा उद्घाटन मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्