• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
बाउन्सरमाथि कुटपिट घटना

हिमाल आरोहीको कोठामा योजना, १० वर्ष जेल बसेका व्यक्ति प्रयोग गरेर खुकुरी प्रहार 

64x64
नारायण अधिकारी शुक्रबार, असोज २८, २०७९  १३:२५
1140x725

काठमाडौं– दरबारमार्गस्थित क्लब प्लाटिनममा बाउन्सरको रूपमा कार्यरत निकेत राई र तेन्जुङ शेर्पा ड्युटी सकेर असोज २५ गते बिहानीपख आफ्नो कोठातर्फ जाँदै थिए। काडमाडौं–२६ गल्कोपाखास्थित हुनमान चोक नजिक पुगेको बेला बिहान ५ बजेर २० जाँदा उनीहरुमाथि खुकुरी प्रहार भयो। 

नम्बर नखुलेका चार वटा मोटरसाइकलमा आएका युवाहरुले उनीहरुमाथि खुकुरी प्रहार गरे। उनीहरुलाई पिछा गर्दै गल्कोपाखा पुगेपछि ज्यान मार्ने उद्देश्यले बाउन्सद्वय राई र शेर्पामाथि खुकुरी प्रहार भएको थियो। 

योजनाबद्ध तरिकाले खुकुरी, बोतल, इँटा प्रहार गर्दा उनीहरुको टाउको, खुट्टा र शरीरका अन्य भागमा चोट लागेकोे थियो। खुकुरी प्रहार भएको सूचना पाएपछि घटनास्थल पुगेको प्रहरीले उनीहरुलाई उपचारको लागि ट्रमा सेन्टर पुर्‍याएको थियो। 

त्यसपछि खुकुरी प्रहार गर्नेको खोजी गर्ने क्रममा अहिलेसम्म ८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी वृत्त लैनचौर, जिल्ला प्रहरी कार्यालय दोलखा र प्रहरी वृत्त बौद्ध समेतको सहयोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरुमा दोलखाको सैलुङ गाउँपालिका–२ का ३३ वर्षीय जीवन तामाङ, सोही ठाउँका २९ वर्षीय विनोद तामाङ, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ का २७ वर्षीय दोर्जे शेर्पा, रामेछापको गोकुलगंगा गाउँपालिका–२ का २८ वर्षीय विकास श्रेष्ठ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० का २९ वर्षीय राजेन्द्र खत्री, दोलखाको मेलुङ गाउँपालिका–३ का २९ वर्षीय प्रदीप तामाङ, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ का ३२ वर्षीय दीपेन लामा र काठमाडौं–७ चाबहिलका २६ वर्षीय करण डंगोल छन्।

उनीहरुबाट प्रहरीले घटनामा प्रयोग गरिएको ३ थान खुकुरी, २ थान मोटरसाइकल, घटनामा प्रयोग भएको इँटा, च्यातिएर रक्ताम्य भएका कपडाहरु समेत बरामद गरेको छ। पक्राउ परेका ८ जनालाई ज्यान मार्ने उद्योगको कसूरमा म्याद लिएर अनुसन्धान अघि बढाइएकोे छ। अनुसन्धानको क्रममा नयाँ नयाँ तथ्यहरु खुल्दै गएका छन्। 

क्लबमा एक महिनाअघि खाएको कुटाइएको बदला लिन खुकुरी प्रहार
एक महिनाअघि भदौ २३ गते हाल पक्राउ परेकासहित करिब ३० जनाको समूह दरबारमार्गमा रहेको प्लाटिनम क्लबमा गएको थियो। अत्यधिक मदिरा पिएपछि उनीहरुले त्यतिबेला क्लबमै तोडफोड र गालिगलौज गरेका थिए। 

त्यसपछि बाउन्सरले उनीहरुलाई नियन्त्रणमा लिएर कुटपिट समेत गरेका थिए। कुटपिटबाट दोर्जे शेर्पाको हात समेत भाँचिएको थियो। उनको हातमा अहिले पनि स्टिल हालिएको छ। बाउन्सरको कुटपिटबाट हात समेत भाँचिएर स्टिल हाल्नुपर्ने अवस्थामा पुगेपछि त्यसैको बदलामा यो समूहले खुकुरी प्रहार गरेको पाइएको परिसरका एक अधिकृतले बताए। 

Ncell 2
Ncell 2

खुकुरी प्रहारको मुख्य योजनाकार नै दोर्जे रहेको पाइएको छ। उनैको योजनामा अन्य व्यक्तिहरु मिलेर बाउन्सरमाथि खुकुरी प्रहार भएको पाइएको छ। 

हिमाल आरोहीको कोठामा बन्यो योजना 
हाल फरार रहेका मामा भनिने दावा शेर्पाको कोठामा योजना बनाएर बाउन्सरमाथि खुकुरी प्रहार भएको अनुसन्धानबाट खुलेको छ। दावा ट्रेकिङ गएको भन्ने सूचना प्रहरीले पाएको छ। 

कपन सिमलटारमा रहेको दावाको कोठामा योजना बनाएर बाउन्सरमाथि खुकुरी प्रहार गरिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले नेपाल लाइभलाई जानकारी दिए। उनैको कोठाबाट प्रहरीले खुकुरी समेत बरामद गरेको छ।

फरार रहेका दावा हिमाल आरोही समेत रहेको पाइएको छ। दावाले आफूलाई ७ पटक हिमाल आरोहण गरेको बताउने गरेको पक्राउ परेका उनकै सहकर्मीले प्रहरीसमक्ष बताएका छन्। ‘उनको कोठामा भेटिएको तस्बिरहरुबाट समेत उनी हिमाल आरोही रहेको देखिन्छ। तर, कुन हिमाल कतिपटक चढे भन्नेबारे उनी पक्राउ नपरी भन्न सक्ने अवस्था छैन’, एक अनुसन्धान अधिकृतले भने। 

प्रहरीलाई समेत कुट्ने गिरोह
हाल पक्राउ परेकाहरुले बाउन्सरलाई मात्रै होइन प्रहरीलाई समेत कुटपिट गरेको पाइएको छ। कपन एरियामा उनीहरुले केही समयअघि प्रहरीलाई नै कुटपिट गरेका थिए। मदिरा पिएर होहल्ला गर्ने र उल्टै प्रहरीलाई कुटपिट गरेर फरार भएको पाइएको छ।

ड्युटीमै रहेको प्रहरीलाई कुटपिट गर्ने यो समूह कपन, बौद्ध एरियामा गुण्डागर्दीमा समेत संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। जग्गा किनबेचको काम गर्ने, त्यसबापत कमिसन लिनेदेखि टोले गुण्डाको रुपमा समेत उनीहरुले धम्क्याउँदै रकम असुल्ने गरेको पाइएको प्रहरीले जनाएको छ। 

१० वर्ष जेल बसेर निस्केका समेत खुकुरी प्रहारमा संलग्न
पक्राउ परेकामध्ये काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ घर भइ काठमाडौं बौद्ध बस्दै आएका ३२ वर्षीय दीपेन लामा १० वर्ष जेल बसेर छुटेका व्यक्ति भएको पाइएको छ। 

कुटपिटदेखि डाँका, चोरी समेतको घटनामा पक्राउ परेर उनी दोषी ठहर भएका व्यक्ति हुन्। डाँका चोरी घटनामा दोषी ठहर भएर उनी १० वर्षसम्म ललितपुरस्थित नख्खु कारागार बसेका थिए। १० वर्ष जेल बसेर छुटेका उनै दीपेन अहिले फेरि ज्यान मार्ने उद्योगको कसूरमा पक्राउ परेका छन्। 

दोर्जेको योजना अनुसार बाउन्सरलाई खुकुरी प्रहार गर्ने घटनामा उनी पनि संलग्न रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दीनेशराज मैनालीले बताए। 

प्रहरीलाई कुटपिट गर्नेदेखि हिमाल आरोहीसम्म अझै फरार
खुकुरी प्रहार घटनामा संलग्न भएका ८ जना पक्राउ परे पनि केही व्यक्ति भने अझै फरार छन्। हिमाल आरोही भनिएका दावा लामादेखि प्रहरीलाई कुटपिट गर्ने भनिएका छिरिङ नाम बताउने व्यक्ति, ग्याल्जेन शेर्पा, अनिस तामाङ लगायतका व्यक्तिहरु अझै फरार रहेका छन्।

उनीहरुको खोजी जारी रहेपनि अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। ‘फरारको खोजीमा हामी लागिरहेका छौं। उनीहरु पक्राउ परेपछि यो घटनाको सबै पाटो खुल्छ’, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी भरत बोहराले भने। 

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  १३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्