• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
बाउन्सरमाथि कुटपिट घटना

हिमाल आरोहीको कोठामा योजना, १० वर्ष जेल बसेका व्यक्ति प्रयोग गरेर खुकुरी प्रहार 

64x64
नारायण अधिकारी शुक्रबार, असोज २८, २०७९  १३:२५
1140x725

काठमाडौं– दरबारमार्गस्थित क्लब प्लाटिनममा बाउन्सरको रूपमा कार्यरत निकेत राई र तेन्जुङ शेर्पा ड्युटी सकेर असोज २५ गते बिहानीपख आफ्नो कोठातर्फ जाँदै थिए। काडमाडौं–२६ गल्कोपाखास्थित हुनमान चोक नजिक पुगेको बेला बिहान ५ बजेर २० जाँदा उनीहरुमाथि खुकुरी प्रहार भयो। 

नम्बर नखुलेका चार वटा मोटरसाइकलमा आएका युवाहरुले उनीहरुमाथि खुकुरी प्रहार गरे। उनीहरुलाई पिछा गर्दै गल्कोपाखा पुगेपछि ज्यान मार्ने उद्देश्यले बाउन्सद्वय राई र शेर्पामाथि खुकुरी प्रहार भएको थियो। 

योजनाबद्ध तरिकाले खुकुरी, बोतल, इँटा प्रहार गर्दा उनीहरुको टाउको, खुट्टा र शरीरका अन्य भागमा चोट लागेकोे थियो। खुकुरी प्रहार भएको सूचना पाएपछि घटनास्थल पुगेको प्रहरीले उनीहरुलाई उपचारको लागि ट्रमा सेन्टर पुर्‍याएको थियो। 

त्यसपछि खुकुरी प्रहार गर्नेको खोजी गर्ने क्रममा अहिलेसम्म ८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी वृत्त लैनचौर, जिल्ला प्रहरी कार्यालय दोलखा र प्रहरी वृत्त बौद्ध समेतको सहयोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरुमा दोलखाको सैलुङ गाउँपालिका–२ का ३३ वर्षीय जीवन तामाङ, सोही ठाउँका २९ वर्षीय विनोद तामाङ, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ का २७ वर्षीय दोर्जे शेर्पा, रामेछापको गोकुलगंगा गाउँपालिका–२ का २८ वर्षीय विकास श्रेष्ठ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० का २९ वर्षीय राजेन्द्र खत्री, दोलखाको मेलुङ गाउँपालिका–३ का २९ वर्षीय प्रदीप तामाङ, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ का ३२ वर्षीय दीपेन लामा र काठमाडौं–७ चाबहिलका २६ वर्षीय करण डंगोल छन्।

उनीहरुबाट प्रहरीले घटनामा प्रयोग गरिएको ३ थान खुकुरी, २ थान मोटरसाइकल, घटनामा प्रयोग भएको इँटा, च्यातिएर रक्ताम्य भएका कपडाहरु समेत बरामद गरेको छ। पक्राउ परेका ८ जनालाई ज्यान मार्ने उद्योगको कसूरमा म्याद लिएर अनुसन्धान अघि बढाइएकोे छ। अनुसन्धानको क्रममा नयाँ नयाँ तथ्यहरु खुल्दै गएका छन्। 

क्लबमा एक महिनाअघि खाएको कुटाइएको बदला लिन खुकुरी प्रहार
एक महिनाअघि भदौ २३ गते हाल पक्राउ परेकासहित करिब ३० जनाको समूह दरबारमार्गमा रहेको प्लाटिनम क्लबमा गएको थियो। अत्यधिक मदिरा पिएपछि उनीहरुले त्यतिबेला क्लबमै तोडफोड र गालिगलौज गरेका थिए। 

त्यसपछि बाउन्सरले उनीहरुलाई नियन्त्रणमा लिएर कुटपिट समेत गरेका थिए। कुटपिटबाट दोर्जे शेर्पाको हात समेत भाँचिएको थियो। उनको हातमा अहिले पनि स्टिल हालिएको छ। बाउन्सरको कुटपिटबाट हात समेत भाँचिएर स्टिल हाल्नुपर्ने अवस्थामा पुगेपछि त्यसैको बदलामा यो समूहले खुकुरी प्रहार गरेको पाइएको परिसरका एक अधिकृतले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

खुकुरी प्रहारको मुख्य योजनाकार नै दोर्जे रहेको पाइएको छ। उनैको योजनामा अन्य व्यक्तिहरु मिलेर बाउन्सरमाथि खुकुरी प्रहार भएको पाइएको छ। 

हिमाल आरोहीको कोठामा बन्यो योजना 
हाल फरार रहेका मामा भनिने दावा शेर्पाको कोठामा योजना बनाएर बाउन्सरमाथि खुकुरी प्रहार भएको अनुसन्धानबाट खुलेको छ। दावा ट्रेकिङ गएको भन्ने सूचना प्रहरीले पाएको छ। 

कपन सिमलटारमा रहेको दावाको कोठामा योजना बनाएर बाउन्सरमाथि खुकुरी प्रहार गरिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले नेपाल लाइभलाई जानकारी दिए। उनैको कोठाबाट प्रहरीले खुकुरी समेत बरामद गरेको छ।

फरार रहेका दावा हिमाल आरोही समेत रहेको पाइएको छ। दावाले आफूलाई ७ पटक हिमाल आरोहण गरेको बताउने गरेको पक्राउ परेका उनकै सहकर्मीले प्रहरीसमक्ष बताएका छन्। ‘उनको कोठामा भेटिएको तस्बिरहरुबाट समेत उनी हिमाल आरोही रहेको देखिन्छ। तर, कुन हिमाल कतिपटक चढे भन्नेबारे उनी पक्राउ नपरी भन्न सक्ने अवस्था छैन’, एक अनुसन्धान अधिकृतले भने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रहरीलाई समेत कुट्ने गिरोह
हाल पक्राउ परेकाहरुले बाउन्सरलाई मात्रै होइन प्रहरीलाई समेत कुटपिट गरेको पाइएको छ। कपन एरियामा उनीहरुले केही समयअघि प्रहरीलाई नै कुटपिट गरेका थिए। मदिरा पिएर होहल्ला गर्ने र उल्टै प्रहरीलाई कुटपिट गरेर फरार भएको पाइएको छ।

ड्युटीमै रहेको प्रहरीलाई कुटपिट गर्ने यो समूह कपन, बौद्ध एरियामा गुण्डागर्दीमा समेत संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। जग्गा किनबेचको काम गर्ने, त्यसबापत कमिसन लिनेदेखि टोले गुण्डाको रुपमा समेत उनीहरुले धम्क्याउँदै रकम असुल्ने गरेको पाइएको प्रहरीले जनाएको छ। 

१० वर्ष जेल बसेर निस्केका समेत खुकुरी प्रहारमा संलग्न
पक्राउ परेकामध्ये काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ घर भइ काठमाडौं बौद्ध बस्दै आएका ३२ वर्षीय दीपेन लामा १० वर्ष जेल बसेर छुटेका व्यक्ति भएको पाइएको छ। 

कुटपिटदेखि डाँका, चोरी समेतको घटनामा पक्राउ परेर उनी दोषी ठहर भएका व्यक्ति हुन्। डाँका चोरी घटनामा दोषी ठहर भएर उनी १० वर्षसम्म ललितपुरस्थित नख्खु कारागार बसेका थिए। १० वर्ष जेल बसेर छुटेका उनै दीपेन अहिले फेरि ज्यान मार्ने उद्योगको कसूरमा पक्राउ परेका छन्। 

दोर्जेको योजना अनुसार बाउन्सरलाई खुकुरी प्रहार गर्ने घटनामा उनी पनि संलग्न रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दीनेशराज मैनालीले बताए। 

प्रहरीलाई कुटपिट गर्नेदेखि हिमाल आरोहीसम्म अझै फरार
खुकुरी प्रहार घटनामा संलग्न भएका ८ जना पक्राउ परे पनि केही व्यक्ति भने अझै फरार छन्। हिमाल आरोही भनिएका दावा लामादेखि प्रहरीलाई कुटपिट गर्ने भनिएका छिरिङ नाम बताउने व्यक्ति, ग्याल्जेन शेर्पा, अनिस तामाङ लगायतका व्यक्तिहरु अझै फरार रहेका छन्।

उनीहरुको खोजी जारी रहेपनि अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। ‘फरारको खोजीमा हामी लागिरहेका छौं। उनीहरु पक्राउ परेपछि यो घटनाको सबै पाटो खुल्छ’, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी भरत बोहराले भने। 

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  १३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्