वीरगन्ज– पर्साकी एक गर्भवतीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन्।
वीरगञ्जको विर्तास्थित नारायणी सेन्टरल अस्पतालमा पर्साको कालिकामाई गाउँपालिका–९ हरियरपुरकी कविता देवीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन्।
कविताले दुई छोरा र एक छोरीलाई जन्म दिएको अस्पतालका निर्देशक प्रा डा प्रमोदकुमार सर्राफले जानकारी दिए।
उनले शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन्। अस्पतालका स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा प्रियङ्का चौधरीले कविताको शल्यक्रिया गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।