• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सुदूरपश्चिममा नियमित आँखा परीक्षण गराउनेको संख्या न्यून

64x64
शेरबहादुर ऐर बिहीबार, असोज २७, २०७९  १७:०५
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेशका नियमित आँखा परीक्षण गराउनेको संख्या न्यून रहेको छ। चिकित्सकहरुका अनुसार स्वस्थ आँखाका लागि युवा अवस्थामा दुई वर्षमा एकपटक आँखा परीक्षण गराउनु आवश्यक हुन्छ भने ४० वर्ष नाघेपछि वर्षमा एकपटक अनिवार्य आँखा परीक्षण गराउनु पर्छ। तर, सुदूरपश्चिमका नागरिक भने आँखामा समस्या देखिएपछि मात्रै अस्पताल पुग्ने गरेको गेटा आँखा अस्पतालको तथ्यांकमा रहेको छ।

‘४० वर्षपछि आँखाको ज्योति विस्तारै कम हुने हुँदा चस्माको आवश्यकता पर्ने हुन्छ,’ गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले भने, ‘त्यसका लागि ४० वर्ष नाघेका नागरिकले वर्षमा एकपटक अनिवार्य आँखा परीक्षण गराउनु पर्ने हो, तर यहाँ त्यस्तो हुन सकेको छैन। आँखामा समस्या देखिएपछि मात्रै बिरामी अस्पताल पुग्ने गरेका छन्।’

गेटा आँखा अस्पतालले आर्थिक बर्ष २०७८/०७९ मा दुई लाख ५१ हजार ८ सय ३१ जनाको आँखा परीक्षण गरेको छ। धनगढीबाहे प्रदेशका २१ स्थानबाट सेवा सञ्चालन गर्दै आएको गेटा आँखा अस्पतालले परीक्षण भएका मध्य २४ हजार १ सय ४१ जनाको अप्रेसन गरेको छ।

आर्थिक बर्ष २०७८/०७९ मा गेटा आँखा अस्पतालले प्रदेशका विभिन्न स्थानमा गरेको आँखा शिविरमा २० हजार २ सय ७८ जनाको निःशुल्क आँखा परीक्षण गरेको छ। गत वर्ष प्रदेशका विभिन्न स्थानमा गरिएका २८ वटा आँखा शिविरमा सहभागीमध्ये २ हजार ८ सय ५३ जनाको मोतीविन्दु र अन्य समस्या भएका २३ जनाको निःशुल्क सल्यक्रिया गरेको छ।

७७० जनाले गरे आँखा दान गर्ने घोषणा
सुदूरपश्चिममा हालसम्म सात ७७० जनाले आँखा दानका लागि इच्छापत्र दिएका छन्।

मानिसको मृत्युपश्चात पनि आँखालाई जीवितै राख्न सकिने र अन्य मानिसलाई दृष्टि दिन सकिने भएका कारण आँखा दान गर्न गेटा आँखा अस्पतालले आग्रह गर्दै आएको छ।

सोही आग्रह अनुसार हाल सम्म ७७० जनाले मृत्युपश्चात आँखा दान गर्ने भन्दै इच्छापत्र दिएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक भट्टले बताए। आँखा दान गर्ने इच्छापत्र दिएकामध्ये अहिलेसम्म दुई जनाको आँखा झिकिएको भट्टले बताए।

उनका अनुसार मृत्युपश्चात गरिएको आँखा दानबाट नेपालमा १० हजार ३ सय ७८ जनाले नयाँ आखा प्रत्यारोपण गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

बालबालिकामा आँखाको जोखिम बढ्दै
शहरी क्षेत्रमा बालबालिकाले घरभित्र नै समय व्यतित गर्ने समय बढाउँदा त्यसको असर आँखामा पर्न थालेको छ। आँखालाई स्वस्थ बनाउन बालबालिकाले दैनिक कम्तिमा दुई घण्टा घर बाहिरको खुला क्षेत्रमा समय बिताउनु पर्ने हुन्छ। तर, प्रविधिको विकाससँगै बालबालिकाले घरभित्रै बसेर मोबाइल, टेलिभिजनमा बढी समय बिताउने गरेका कारण आँखाको समस्या भएका बालबालिकाको संख्या बढ्न थालेको भट्टले बताए। 

गेटा आँखा अस्पतालले कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमा गरेको सर्वेक्षण अनुसार निजी विद्यालयमा अध्ययन गर्ने बालबालिकाको आँखामा बढी समस्या देखिएको छ। निजी शैक्षिक संस्थामा अध्ययन गर्ने बालबालिकाको तुलनामा सरकारी शैक्षिक संस्थामा अध्ययन गर्ने बालबालिकामा कम समस्या देखा परेको उनले बताए। 

गेटा आँखा अस्पतालले गरेको सर्वेक्षण अनुसार निजी शैक्षिक संस्थामा अध्ययन गर्ने बालबालिकामध्ये करिब ५ प्रतिशत बालबालिकामा आँखाको समस्या देखापर्ने गरेको छ भने सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकामध्ये करिब ३ प्रतिशतमा आँखाको समस्या देखिएको छ।

गेटा आँखा अस्पतालले धनगढीका १० सामुदायिक र ८ निजी गरी १८ विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गरेको थियो। १८ विद्यालयबाट ५ हजार १२८ बालबालिकाको आँखा परीक्षण गर्दा निजी विद्यालयमा अध्ययनरत चार दशमलव ७ प्रतिशत र सामुदायिक विद्यालयमा अध्ययनरत दुई दशमलव ५ प्रतिशत विद्यार्थीको आँखामा समस्या देखिएको बाह्य कार्यक्रम व्यवस्थापन भट्टले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘बालबालिका स्कुलको गृहकार्यमा व्यस्त हुने र त्यस बाहेकको समय मोबाइल टिभी हेरेर घरभित्रै बिताउने क्रम बढेसँगै बालबालिकाको आँखामा समस्या बढ्ने गरेको पाइएको छ,’ भट्टले भने, ‘धेरै बालबालिकामा न्यून दृष्टिको समस्या रहेको छ। अहिले चस्मा लगाउने बालबालिका त्यसैले बढी छन्।’

बालबालिकालाई कम्तिमा पनि दुई घण्टा घर बाहिरको खुल्ला वातावरणमा खेल्ने वातावराण मिलाउन अभिभावकलाई उनको सुझाव छ।

सुदूरपश्चिम प्रदेशमा देशभरीमा सबैभन्दा कम अन्धोपन रहेको एक अध्ययनले देखाएको छ। अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सीको सहयोगमा देशभरी ५० वर्षभन्दा माथिका व्यक्तिहरुमा गरिएको अध्ययनमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम शून्य दशमलव ६ प्रतिशतमा अन्धोपन देखिएको हो। 

सन् २०२० अप्रिलदेखि २०२१ अप्रिलसम्म सातवटै प्रदेशमा अध्ययन गरिएको थियो। अध्ययन अनुसार बागमती प्रदेशमा शून्य दशमलव ६५ प्रतिशत, गण्डकी प्रदेशमा शून्य दशमलव नौ प्रतिशत, प्रदेश १ मा शून्य दशमलव ८५ प्रतिशत, कर्णाली प्रदेशमा शून्य दशमलव ९५ प्रतिशत, लुम्बिनी प्रदेशमा एक दशमलव ७५ प्रतिशत र मधेश प्रदेशमा १ दशमलव ३ प्रतिशतमा अन्धोपन देखिएको छ।

अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सीको सहयोगमा सुदूरपश्चिममा गेटा आँखा अस्पतालले र अन्य प्रदेशमा सम्बन्धित प्रदेशका आँखा अस्पतालले अध्ययन गरेका हुन्। 

१९७९ मा विश्व स्वास्थ्य संगठनले नेपाल सरकारसँग मिलेर गरेको सर्वेक्षणमा  सुदूरपश्चिममा सबैभन्दा बढी अन्धोपन भेटिएपछि गेटा आँखा अस्पतालको स्थापना गरिएको हो। नर्वेजियन सरकारको सहयोगमा सञ्चालित आँखा अस्पतालको निर्देशक सुरुमा नर्वेजियन डाक्टर नै हुने गरेका थिए। तर, सन् २००४ देखि अस्पताल आत्मनिर्भर भएर सञ्चालन भइरहेको छ।

गेटा आँखा अस्पतालको महेन्द्रनगरमा आँखा अस्पताल, धनगढीको बुद्ध मन्दिर, टीकापुर र डडेलधुरामा सर्जिकल सेन्टर छन् भने सुदूरपश्चिमका सबै जिल्लामा आँखा उपचार केन्द्रहरु रहेका छन्। अहिले पालिकाहरुको सहयोगमा पालिकामा पनि आँखा उपचार केन्द्र खोल्न सुरु गरिएको छ। सर्जिकल सेन्टरमा आवश्यक सर्जरीका लागि गेटाबाट नै डाक्टरहरुको टिम जाने गर्छ। 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! बीमा तथा नवीकरणमा सहजता : सवारी साधनको बीमा वा बीमा नवीकरण गर्न सवारी धनी स्वयं उपस्थित हुनुपर्ने छैन। सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ। आफ्नो मोबाइल... सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुरुमा पक्राउ परेकाहरूविरुद्ध ठगीको कसुरमा अनुसन्धानमामात्र अनुसन्धान  अघि बढाएको थिय... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्