• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सुदूरपश्चिममा नियमित आँखा परीक्षण गराउनेको संख्या न्यून

64x64
शेरबहादुर ऐर बिहीबार, असोज २७, २०७९  १७:०५
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेशका नियमित आँखा परीक्षण गराउनेको संख्या न्यून रहेको छ। चिकित्सकहरुका अनुसार स्वस्थ आँखाका लागि युवा अवस्थामा दुई वर्षमा एकपटक आँखा परीक्षण गराउनु आवश्यक हुन्छ भने ४० वर्ष नाघेपछि वर्षमा एकपटक अनिवार्य आँखा परीक्षण गराउनु पर्छ। तर, सुदूरपश्चिमका नागरिक भने आँखामा समस्या देखिएपछि मात्रै अस्पताल पुग्ने गरेको गेटा आँखा अस्पतालको तथ्यांकमा रहेको छ।

‘४० वर्षपछि आँखाको ज्योति विस्तारै कम हुने हुँदा चस्माको आवश्यकता पर्ने हुन्छ,’ गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले भने, ‘त्यसका लागि ४० वर्ष नाघेका नागरिकले वर्षमा एकपटक अनिवार्य आँखा परीक्षण गराउनु पर्ने हो, तर यहाँ त्यस्तो हुन सकेको छैन। आँखामा समस्या देखिएपछि मात्रै बिरामी अस्पताल पुग्ने गरेका छन्।’

गेटा आँखा अस्पतालले आर्थिक बर्ष २०७८/०७९ मा दुई लाख ५१ हजार ८ सय ३१ जनाको आँखा परीक्षण गरेको छ। धनगढीबाहे प्रदेशका २१ स्थानबाट सेवा सञ्चालन गर्दै आएको गेटा आँखा अस्पतालले परीक्षण भएका मध्य २४ हजार १ सय ४१ जनाको अप्रेसन गरेको छ।

आर्थिक बर्ष २०७८/०७९ मा गेटा आँखा अस्पतालले प्रदेशका विभिन्न स्थानमा गरेको आँखा शिविरमा २० हजार २ सय ७८ जनाको निःशुल्क आँखा परीक्षण गरेको छ। गत वर्ष प्रदेशका विभिन्न स्थानमा गरिएका २८ वटा आँखा शिविरमा सहभागीमध्ये २ हजार ८ सय ५३ जनाको मोतीविन्दु र अन्य समस्या भएका २३ जनाको निःशुल्क सल्यक्रिया गरेको छ।

७७० जनाले गरे आँखा दान गर्ने घोषणा
सुदूरपश्चिममा हालसम्म सात ७७० जनाले आँखा दानका लागि इच्छापत्र दिएका छन्।

मानिसको मृत्युपश्चात पनि आँखालाई जीवितै राख्न सकिने र अन्य मानिसलाई दृष्टि दिन सकिने भएका कारण आँखा दान गर्न गेटा आँखा अस्पतालले आग्रह गर्दै आएको छ।

सोही आग्रह अनुसार हाल सम्म ७७० जनाले मृत्युपश्चात आँखा दान गर्ने भन्दै इच्छापत्र दिएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक भट्टले बताए। आँखा दान गर्ने इच्छापत्र दिएकामध्ये अहिलेसम्म दुई जनाको आँखा झिकिएको भट्टले बताए।

उनका अनुसार मृत्युपश्चात गरिएको आँखा दानबाट नेपालमा १० हजार ३ सय ७८ जनाले नयाँ आखा प्रत्यारोपण गरिएको छ।

Ncell 2
Ncell 2

बालबालिकामा आँखाको जोखिम बढ्दै
शहरी क्षेत्रमा बालबालिकाले घरभित्र नै समय व्यतित गर्ने समय बढाउँदा त्यसको असर आँखामा पर्न थालेको छ। आँखालाई स्वस्थ बनाउन बालबालिकाले दैनिक कम्तिमा दुई घण्टा घर बाहिरको खुला क्षेत्रमा समय बिताउनु पर्ने हुन्छ। तर, प्रविधिको विकाससँगै बालबालिकाले घरभित्रै बसेर मोबाइल, टेलिभिजनमा बढी समय बिताउने गरेका कारण आँखाको समस्या भएका बालबालिकाको संख्या बढ्न थालेको भट्टले बताए। 

गेटा आँखा अस्पतालले कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमा गरेको सर्वेक्षण अनुसार निजी विद्यालयमा अध्ययन गर्ने बालबालिकाको आँखामा बढी समस्या देखिएको छ। निजी शैक्षिक संस्थामा अध्ययन गर्ने बालबालिकाको तुलनामा सरकारी शैक्षिक संस्थामा अध्ययन गर्ने बालबालिकामा कम समस्या देखा परेको उनले बताए। 

गेटा आँखा अस्पतालले गरेको सर्वेक्षण अनुसार निजी शैक्षिक संस्थामा अध्ययन गर्ने बालबालिकामध्ये करिब ५ प्रतिशत बालबालिकामा आँखाको समस्या देखापर्ने गरेको छ भने सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकामध्ये करिब ३ प्रतिशतमा आँखाको समस्या देखिएको छ।

गेटा आँखा अस्पतालले धनगढीका १० सामुदायिक र ८ निजी गरी १८ विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गरेको थियो। १८ विद्यालयबाट ५ हजार १२८ बालबालिकाको आँखा परीक्षण गर्दा निजी विद्यालयमा अध्ययनरत चार दशमलव ७ प्रतिशत र सामुदायिक विद्यालयमा अध्ययनरत दुई दशमलव ५ प्रतिशत विद्यार्थीको आँखामा समस्या देखिएको बाह्य कार्यक्रम व्यवस्थापन भट्टले बताए।

‘बालबालिका स्कुलको गृहकार्यमा व्यस्त हुने र त्यस बाहेकको समय मोबाइल टिभी हेरेर घरभित्रै बिताउने क्रम बढेसँगै बालबालिकाको आँखामा समस्या बढ्ने गरेको पाइएको छ,’ भट्टले भने, ‘धेरै बालबालिकामा न्यून दृष्टिको समस्या रहेको छ। अहिले चस्मा लगाउने बालबालिका त्यसैले बढी छन्।’

बालबालिकालाई कम्तिमा पनि दुई घण्टा घर बाहिरको खुल्ला वातावरणमा खेल्ने वातावराण मिलाउन अभिभावकलाई उनको सुझाव छ।

सुदूरपश्चिम प्रदेशमा देशभरीमा सबैभन्दा कम अन्धोपन रहेको एक अध्ययनले देखाएको छ। अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सीको सहयोगमा देशभरी ५० वर्षभन्दा माथिका व्यक्तिहरुमा गरिएको अध्ययनमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम शून्य दशमलव ६ प्रतिशतमा अन्धोपन देखिएको हो। 

सन् २०२० अप्रिलदेखि २०२१ अप्रिलसम्म सातवटै प्रदेशमा अध्ययन गरिएको थियो। अध्ययन अनुसार बागमती प्रदेशमा शून्य दशमलव ६५ प्रतिशत, गण्डकी प्रदेशमा शून्य दशमलव नौ प्रतिशत, प्रदेश १ मा शून्य दशमलव ८५ प्रतिशत, कर्णाली प्रदेशमा शून्य दशमलव ९५ प्रतिशत, लुम्बिनी प्रदेशमा एक दशमलव ७५ प्रतिशत र मधेश प्रदेशमा १ दशमलव ३ प्रतिशतमा अन्धोपन देखिएको छ।

अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सीको सहयोगमा सुदूरपश्चिममा गेटा आँखा अस्पतालले र अन्य प्रदेशमा सम्बन्धित प्रदेशका आँखा अस्पतालले अध्ययन गरेका हुन्। 

१९७९ मा विश्व स्वास्थ्य संगठनले नेपाल सरकारसँग मिलेर गरेको सर्वेक्षणमा  सुदूरपश्चिममा सबैभन्दा बढी अन्धोपन भेटिएपछि गेटा आँखा अस्पतालको स्थापना गरिएको हो। नर्वेजियन सरकारको सहयोगमा सञ्चालित आँखा अस्पतालको निर्देशक सुरुमा नर्वेजियन डाक्टर नै हुने गरेका थिए। तर, सन् २००४ देखि अस्पताल आत्मनिर्भर भएर सञ्चालन भइरहेको छ।

गेटा आँखा अस्पतालको महेन्द्रनगरमा आँखा अस्पताल, धनगढीको बुद्ध मन्दिर, टीकापुर र डडेलधुरामा सर्जिकल सेन्टर छन् भने सुदूरपश्चिमका सबै जिल्लामा आँखा उपचार केन्द्रहरु रहेका छन्। अहिले पालिकाहरुको सहयोगमा पालिकामा पनि आँखा उपचार केन्द्र खोल्न सुरु गरिएको छ। सर्जिकल सेन्टरमा आवश्यक सर्जरीका लागि गेटाबाट नै डाक्टरहरुको टिम जाने गर्छ। 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
तिला नदीमा जिप खस्दा तीन जनाको मृत्यु उनका अनुसार मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका–२... शनिबार, माघ ३, २०८२
आज यी दुई प्रदेशका उच्च पहाडी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको छ । पहाडी तथा हिमा... शनिबार, माघ ३, २०८२
काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ समक्ष राजीनामा पत्र बुझाए पनि... शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
आधिकारिकता पाएसँगै कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै शनिबार, माघ ३, २०८२
एमालेले आज प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउन सचिवालय बैठक बोलायो शनिबार, माघ ३, २०८२
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक शनिबार, माघ ३, २०८२
तिला नदीमा जिप खस्दा तीन जनाको मृत्यु शनिबार, माघ ३, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्