• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२ Sat, May 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
बाढी प्रभावित क्षेत्रमा सर्पको त्रास
64x64
रासस बिहीबार, असोज २७, २०७९  ०८:१७
1140x725
फाइल तस्बिर

टीकापुर– कैलालीको भजनीका श्याम चौधरीको परिवार बाढीका कारण आठ दिन खुला सडकको बसाइपछि बुधबार घर फर्कियो। वर्षा रोकिएपछि घरमा पानी सुकेकाले घर सरसफाइ गरौं र घरमै बसौं भनी फर्किएका श्यामका दम्पत्ति घर सरसफाइमा जुटे। घर सफा गर्न थाल्दा सर्प निस्कियो। 

‘घरभिर झारपात र हिलोमाटो भरिएको थियो, बूढाबूढी मिलेर सरसफाइ गर्दै थियो’, श्यामले भने, ‘श्रीमतीको हातैमा सर्प आयो, धन्न टोकेन, घरभित्र जम्मा भएको घाँसमा बसेको रहेछ।’

घरभित्रै सर्प निस्किएपछि उनीहरुले राम्ररी सरसफाइ गर्न सक्नुभएको छैन। बस्ने ठाउँ नभएकाले घर सफा नगरी नहुने छ। ‘असोज १ गते आएको बाढीले पनि विस्थापित बनायो, दशैंको चार दिनअघि घर आएका थियौं, फेरि १९ गते आएको बाढीले पुनः घर छोडेर भाग्यौं, घर छोडेको महिना नै पुग्नथाल्यो’, श्यामले भने, ‘जीवन अस्तव्यस्त भएको छ। बच्चाको एक महिनादेखि पढाइ प्रभावित भएको छ। त्रासैत्रासमा घर सफा गर्न थालेका छौं। अब जस्तो भए पनि घरमै बस्छौं।’

टीकापुर–८ का धना साउँदको घर सरसफाइ गर्ने बेला उनको घरमा पनि सर्प देखियो। ‘घर वरिपरि पानी बगिरहेको छ। घरभित्र पनि चार फिटसम्म पानी पुगेको थियो। घरभित्र झारपात, हिलो र बालुवा मात्र छ’, धनाले भनिन्, ‘सारा फोहोर घरभित्र र बस्तीमा आएको छ। जताततै गन्हाएको छ। सर्पमात्र होइन अन्य किरा पनि देखिन थालेका छन्।’ 

प्रभावित क्षेत्रमा बाढीले दुर्गन्ध बढाउनुका साथै सर्प किरा बस्ने बासस्थान पानीले भरिएकाले उनीहरु बासस्थान खोज्न घरभित्र पसेकाले जोखिम बढेको छ। टीकापुर ७ का अनु धामीको घरभित्र दुई किसिमका सर्प देखिए। ‘बाहिर जलमग्न भएपछि हाम्रो घरभित्र सर्प देखिए, माटोको घर हिलाम्मे भएका छन्। त्यसैमाथि किरा फट्याङ्ग्राको पनि त्रास बढेको छ’, उनले भने, ‘मौसमअनुसार वर्षा सकिने समय भएको छ तर यहाँ साउन, भदौजस्तै बस्ती जलमग्न छन्। लामखुट्टे पनि उस्तै छन्।’

Ncell 2
Ncell 2

बाढी प्रभावित क्षेत्रमा जोखिमसँगै विभिन्न स्वास्थ्य समस्या हुनसक्ने भएकाले स्वास्थ्य संस्थाले सरसफाइ, स्वास्थ्य शिविरजस्ता कार्यक्रम गर्नुपर्ने बाढी पीडितको माग छ। भजनीकी धनादेवी विक बाढीले विस्थापित भएकाका लागि उपचार सेवा स्थानीयस्तरमै दिनुपर्ने माग गर्छिन्। 

‘बस्तीमै स्वास्थ्य सेवाको व्यवस्था हुनुपर्छ। यसका साथै हामीलाई घर सरसफाइका लागि हातमा लगाउने पञ्जा, खुट्टामा लगाउने बुटजस्ता सामान सहयोग भएको भए सहज हुन्थ्यो’, उनी भन्छिन्, ‘बाढीले फोहोर थुप्रिएका घर सफा गर्न निकै कठिन छ । कतिपयका घरमा पुरुष छैनन्, महिला, बालबालिकामात्र छन्, उनीहरुले कसरी सफा गर्नु?’

लगातारको वर्षाले धेरै ठाउँ जलमग्न भएका छन्। घरभित्र पानी पसेको छ भने भर्खर पानी घट्दै गइरहेको छ। जताततै पानी हुँदा सर्प सुरक्षित ठाउको खोजीमा घरभित्र पस्ने भएकाले सर्पदंशको त्रास बढी हुने गर्दछ। यस्तो बेला नागरिक बढी चनाखो हुनुपर्ने टीकापुर अस्पतालका फ्यामीली फिजिसियन डा दिलीप शाह बताउँछन्। 

shivam cement
shivam cement

‘झुल लगाएर सुत्ने गर्नुपर्छ। पानीले दुलो भरिएर सर्प बाहिर आउने भएकाले घरभित्र सुरक्षित ठाउँ खोज्न पस्छन्, यस्तो बेला सर्पदंशका घटना हुनसक्छन्’, डाक्टर शाहले भने, ‘अस्पतालमा पानी पर्ने समयमा सर्पदंशका बिरामी आउँछन्। यसपटकको वर्षापछि तीन जना सर्पदंशका बिरामी आएका थिए।’

सर्पदंशबाट बच्न राति कतै जानुपरे टर्च लाइट बालेर हिँड्न, जुत्ता लगाउँदा बुट लगाउने, सर्पलाई नजिस्काउने, टोकिहालेमा नजिकैको स्वास्थ्य संस्थामा उपचारमा जान उनको सुझाव छ।  ‘घर भिजेकाले सर्प घरको धुरीवामाथि सुरक्षित ठाउँमा हुनसक्छन्’, उनी भन्छन्, ‘अनिवार्य झुल लगाएर सुत्ने, आफ्नो स्वास्थ्यको आफैंले ख्याल गर्ने गर्नुपर्छ।’ 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  ०८:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
बजेट अभावमा गैँडा गणना अन्योलमा
हिमपातले अवरुद्ध नाग्म–गमगढी सडक अझै खुलेन
भूमिहीनलाई छिट्टै लालपुर्जा दिन्छौँ – मन्त्री अधिकारी
सम्बन्धित सामग्री
काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह वाग्मती, विष्णुमति, रुद्रमतिलगायत नदीनालालाई स्वच्छ बनाउन सर्वप्रथम तिनमा ढल मिसाउन नदिने आफ्नो प्रयास रहेको बताएका हुन्। शनिबार, वैशाख २७, २०८२
आफूविरुद्ध भ्रम छर्ने काम भयो –प्रचण्ड शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा निर्मल लामा स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले फेरि कम्युनिस्ट आन्दोलनलाई... शनिबार, वैशाख २७, २०८२
समाजवादी महिला सङ्घको राष्ट्रिय महाधिवेशन आज उद्घाटन सत्रको कार्यक्रमलाई पार्टीका महासचिव एवं मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, पार्टीका उपमहासचिव रेखा यादव, सचिव ल... शनिबार, वैशाख २७, २०८२
ताजा समाचारसबै
भ्यान दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु शनिबार, वैशाख २७, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
संविधान मिचेर मेरो सरकार ढालियो : प्रचण्ड शनिबार, वैशाख २७, २०८२
राष्ट्रपति ट्रम्पको खाडी मुलुकहरूतर्फ ऐतिहासिक भ्रमण शनिबार, वैशाख २७, २०८२
उपसभामुख राना बङ्गलादेश प्रस्थान शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखलाई यस्तो भने शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल, को–को परे २५ भित्र? शनिबार, वैशाख २०, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्