• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

प्रदेश सभामा उम्मेदवार बनेका स्वकीय सचिव : कसैले मुख्यमन्त्रीको टिकट खोसे, कोही आफ्नै सांसदसँग भिड्दै

64x64
शेरबहादुर ऐर बुधबार, असोज २६, २०७९  २१:३२
1140x725

धनगढी- डोटीको प्रदेश सभा 'ख' मा बाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवसिंह ओली प्रतिस्पर्धा गर्दैछन्।

सो निर्वाचन क्षेत्रमा सत्ता-गठबन्धनबाट प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई माओवादीले उम्मेदवार बनाउने चर्चा थियो। तर २२ गते राति नै मुख्यमन्त्री भट्टको ठाउँमा केन्द्रीय सदस्य ओलीलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गर्‍यो। 

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा ओलीले आइतबार (असोज २३ गते) उम्मेदवारी दर्ता गराई चुनावी प्रचार-प्रसार थालिसकेका छन्।

मुख्यमन्त्री भट्टको टिकट खोसेर उम्मेदवार बनेका ओली उनकै स्वकीय सचिव हुन्। भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री भएदेखि स्वकीय सचिव रहेका ओली उम्मेदवार हुँदासम्म पनि स्वकीय सचिव नै छन्।

स्वकीय सचिव हुँदै प्रदेश सभाको उम्मेदवार बन्ने ओली सुदूरपश्चिममा एक्ला हैनन्। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्न पाइनन्। उनले प्रत्यक्ष निर्वाचनका लागि पार्टीमा दाबी गरे पनि पार्टीले उम्मेदवार बनाएन्। 

तर, उनकै स्वकीय सचिव दीर्घराज विनाडी कैलाली- १ को प्रदेश सभा खमा उम्मेदवार बनेका छन्। बिनाडी बाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रुपमा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका हुन्। बिनाडी पनि बिनिता चौधरी मन्त्री बनेदेखि पाँच वर्षसम्म स्वकीय सचिव रहेका छन्। 

प्रदेश सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री र प्रदेश सभा सदस्यका स्वकीय सचिव रहेकाहरुले आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन्। निर्वाचनका लागि प्रदेश तथा प्रतिनिधि सभामा उम्मेदवार हुनबाट वञ्चित भएका मुख्यमन्त्री तथा मन्त्रीहरुका स्वकीय सचिवहरु नै चुनावीमा होमिएका छन्।

कैलाली- ५ को प्रदेश सभा खमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाका स्वकीय सचिव प्रकाश देउवा बाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिस्पर्धा गरिरहेका छन्।

Ncell 2
Ncell 2

धनगढीबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका  प्रकाश बिगत लामो समयदेखि आरजुको स्वकीय सचिवको रुपमा  कार्यरत छन्।

कैलाली- ५ मा चुनाव लड्ने चर्चा भइरहेको बेला आरजु  डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक सूचिमा बसेपछि धनगढीबाट प्रदेश सभा सदस्यमा प्रकाश प्रतिस्पर्धा गर्न लागेका हुन्।

२०७४ सालको निर्वाचनमा कैलाली- ५ बाट कांग्रेस नेतृ आरजु पराजित भएकी थिइन्। प्रकाश प्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा हुन्। 

त्यस्तै, कैलाली- ५ को प्रदेश सभा खमा नेपाली कांग्रेस बीपीबाट दीपकराज खैरले उम्मेदवारी दर्ता गराएका छन्। उनी वर्तमान सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका प्रदेश सभा सदस्य हुँदा स्वकीय सचिव रहेका थिए।

दुई वर्षभन्दा बढी रैकाको स्वकीय सचिव रहेका खैर सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा कार्यरत थिए। 

आफ्नै स्वकीय सचिवसँग चौधरीको प्रतिस्पर्धा
२०७४ सालमा राष्ट्रिय जनता पार्टीबाट कैलाली निर्वाचन- १ को प्रदेश सभा कबाट निर्वाचित भए कृष्णबहादुर चौधरी। उनी प्रदेश सभा सदस्य बनेपछि कैलाश चौधरी स्वकीय सचिवका रुपमा कार्यरत थिए। करिब दुई वर्ष कृष्णका स्वकीय रहेका कैलाश यस पटकको चुनावमा कृष्णसँग नै प्रदेश सभा सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन्।

नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष समेत रहेका कैलाशले उम्मेदवारी दर्ता गराएसँगै कृष्ण आफनै स्वकीय सचिवसँग चुनावी प्रतिस्पर्धामा रहेका छन्। कृष्णले सोही निर्वाचन क्षेत्रबाट प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्। 

कृष्ण आफ्नै स्वकीय सचिवसँग मात्र नभई प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीका स्वकीय सचिव दीर्घराज विनाडीसँग पनि चुनावी प्रतिस्पर्धामा छन्। बिनाडीले बाम-लोकतान्त्रिकको साझा उम्मेदवारका रुपमा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए।

कृष्णसँगै सो निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट द्वारिकाप्रसाद न्यौपाने, जनता समाजवादी पार्टीबाट भगतराम थारु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भीमबहादुर बम, नेपाल मजदूर किसान पार्टीबाट विष्णाकुमारी थापा मगर, नेपालका लागि नेपाली पार्टीबाट चन्द्रसिंह बोहरा, स्वतन्त्रमा चन्द्र कठरिया, ओजारीलाल चौधरी र छोटेलाल चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  २१:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले २१ फागुनमा हुने चुनावका लागि आ-आफ्नो तर्फबाट निर्वाचन आयोगलाई सुझाव दिइरहेका छन् । शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले भन्यो- उम्मेदवारी दर्तासँगै जनप्रतिनिधिको पद स्वतः खारेज हुन्छ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा आयोगले जारी गरेको सूचना अनुसार बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दर... सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्ध... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
आधिकारिकता पाएसँगै कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै शनिबार, माघ ३, २०८२
एमालेले आज प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउन सचिवालय बैठक बोलायो शनिबार, माघ ३, २०८२
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक शनिबार, माघ ३, २०८२
तिला नदीमा जिप खस्दा तीन जनाको मृत्यु शनिबार, माघ ३, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्