• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

प्रदेश सभामा उम्मेदवार बनेका स्वकीय सचिव : कसैले मुख्यमन्त्रीको टिकट खोसे, कोही आफ्नै सांसदसँग भिड्दै

64x64
शेरबहादुर ऐर बुधबार, असोज २६, २०७९  २१:३२
1140x725

धनगढी- डोटीको प्रदेश सभा 'ख' मा बाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवसिंह ओली प्रतिस्पर्धा गर्दैछन्।

सो निर्वाचन क्षेत्रमा सत्ता-गठबन्धनबाट प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई माओवादीले उम्मेदवार बनाउने चर्चा थियो। तर २२ गते राति नै मुख्यमन्त्री भट्टको ठाउँमा केन्द्रीय सदस्य ओलीलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गर्‍यो। 

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा ओलीले आइतबार (असोज २३ गते) उम्मेदवारी दर्ता गराई चुनावी प्रचार-प्रसार थालिसकेका छन्।

मुख्यमन्त्री भट्टको टिकट खोसेर उम्मेदवार बनेका ओली उनकै स्वकीय सचिव हुन्। भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री भएदेखि स्वकीय सचिव रहेका ओली उम्मेदवार हुँदासम्म पनि स्वकीय सचिव नै छन्।

स्वकीय सचिव हुँदै प्रदेश सभाको उम्मेदवार बन्ने ओली सुदूरपश्चिममा एक्ला हैनन्। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्न पाइनन्। उनले प्रत्यक्ष निर्वाचनका लागि पार्टीमा दाबी गरे पनि पार्टीले उम्मेदवार बनाएन्। 

तर, उनकै स्वकीय सचिव दीर्घराज विनाडी कैलाली- १ को प्रदेश सभा खमा उम्मेदवार बनेका छन्। बिनाडी बाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रुपमा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका हुन्। बिनाडी पनि बिनिता चौधरी मन्त्री बनेदेखि पाँच वर्षसम्म स्वकीय सचिव रहेका छन्। 

प्रदेश सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री र प्रदेश सभा सदस्यका स्वकीय सचिव रहेकाहरुले आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन्। निर्वाचनका लागि प्रदेश तथा प्रतिनिधि सभामा उम्मेदवार हुनबाट वञ्चित भएका मुख्यमन्त्री तथा मन्त्रीहरुका स्वकीय सचिवहरु नै चुनावीमा होमिएका छन्।

कैलाली- ५ को प्रदेश सभा खमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाका स्वकीय सचिव प्रकाश देउवा बाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिस्पर्धा गरिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

धनगढीबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका  प्रकाश बिगत लामो समयदेखि आरजुको स्वकीय सचिवको रुपमा  कार्यरत छन्।

कैलाली- ५ मा चुनाव लड्ने चर्चा भइरहेको बेला आरजु  डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक सूचिमा बसेपछि धनगढीबाट प्रदेश सभा सदस्यमा प्रकाश प्रतिस्पर्धा गर्न लागेका हुन्।

२०७४ सालको निर्वाचनमा कैलाली- ५ बाट कांग्रेस नेतृ आरजु पराजित भएकी थिइन्। प्रकाश प्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा हुन्। 

त्यस्तै, कैलाली- ५ को प्रदेश सभा खमा नेपाली कांग्रेस बीपीबाट दीपकराज खैरले उम्मेदवारी दर्ता गराएका छन्। उनी वर्तमान सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका प्रदेश सभा सदस्य हुँदा स्वकीय सचिव रहेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दुई वर्षभन्दा बढी रैकाको स्वकीय सचिव रहेका खैर सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा कार्यरत थिए। 

आफ्नै स्वकीय सचिवसँग चौधरीको प्रतिस्पर्धा
२०७४ सालमा राष्ट्रिय जनता पार्टीबाट कैलाली निर्वाचन- १ को प्रदेश सभा कबाट निर्वाचित भए कृष्णबहादुर चौधरी। उनी प्रदेश सभा सदस्य बनेपछि कैलाश चौधरी स्वकीय सचिवका रुपमा कार्यरत थिए। करिब दुई वर्ष कृष्णका स्वकीय रहेका कैलाश यस पटकको चुनावमा कृष्णसँग नै प्रदेश सभा सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन्।

नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष समेत रहेका कैलाशले उम्मेदवारी दर्ता गराएसँगै कृष्ण आफनै स्वकीय सचिवसँग चुनावी प्रतिस्पर्धामा रहेका छन्। कृष्णले सोही निर्वाचन क्षेत्रबाट प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्। 

कृष्ण आफ्नै स्वकीय सचिवसँग मात्र नभई प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीका स्वकीय सचिव दीर्घराज विनाडीसँग पनि चुनावी प्रतिस्पर्धामा छन्। बिनाडीले बाम-लोकतान्त्रिकको साझा उम्मेदवारका रुपमा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए।

कृष्णसँगै सो निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट द्वारिकाप्रसाद न्यौपाने, जनता समाजवादी पार्टीबाट भगतराम थारु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भीमबहादुर बम, नेपाल मजदूर किसान पार्टीबाट विष्णाकुमारी थापा मगर, नेपालका लागि नेपाली पार्टीबाट चन्द्रसिंह बोहरा, स्वतन्त्रमा चन्द्र कठरिया, ओजारीलाल चौधरी र छोटेलाल चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  २१:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्