काठमाडौं– नक्सालस्थित होटल क्राउन प्लाजामा बसेकी एक युवतीको शंकास्पद मृत्यु भएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा मृत्यु शंकास्पद देखिएको हो।
काठमाडौं चाबहिल घर भएकी ती युवतीको आगोले जलेर मृत्यु भएको पाइएको प्रहरी स्रोतले जनाएको छ। मृत भेटिएकी युवती बाराको सिमराका केशव रिजालसँग उक्त होटलमा पुगेको खुलेको छ।
रिजालले ती युवतीलाई होटलबाटै जलेको अवस्थामा उपचार गर्न भन्दै वीर अस्पताल पुर्याएको र त्यहाँ उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल पुर्याएको पाइएको छ। उनको अस्पतालमै उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरतबहादुर बोहराले बताए।
युवतीको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले होटलका एक कर्मचारी र रिजाललाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ। युवतीलाई पेट्रोल छर्किएर आगो लगाएको हुनसक्ने प्रहरीले आकलन गरेको छ।
अहिले युवतीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।