काठमाडौं– प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।
बुधबार सैनिक मुख्यालय जंगी अड्डामा उनीहरुबीच भेटवार्ता भएको हो। राजदूत यान्छीले आफ्नो कार्यकाल सकेर स्वेदश फिर्ता गर्न लागेको अवसरमा भेटघाट भएको सेनाले जनाएको छ।
भेटमा आफ्नो कार्यकाल सफल बनाएर स्वदेश फिर्ता गर्न लागेको भन्दै राजदूत यान्छीलाई प्रधानसेनापति शर्माले बधाई दिएका थिए।
यस किसिमका भेटले दुई देशबीचको आपसी सम्बन्ध थप समधुर हुने सेनाले विश्वास लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।