फाइल तस्बिर।
काठमाडौं– मुगुको छायाँनाथ रारा नगरपालिकाको ठाउँ ठाउँमा बाढी पहिरोले क्षति गरेको छ।
पहिरोमा परेर वडा नम्बर ८ मा १ जनाको मृत्यु भएको छ भने वडा नम्बर ११ मा ८ जना बेपत्ता भएका छन्। अहिले प्रहरी घटनास्थलतर्फ प्रस्थान गरेको छ।
घटनास्थल पुग्न छोटो दूरीको बाटोमा बाढीका कारण अवरोध भएकाले वडा नम्बर ६ भएर प्रहरी घटनास्थल प्रस्थान गरेको छ।
प्रहरीका अनुसार छायाँनाथ रारा–१ मा ७ घर भत्केका छन्। गमगढीको तल्लो बजारमा २० देखि ३० घर जोखिममा छन्।
वडा नम्बर २ मा १ घर, ३ मा घर, ४ मा ७ घरमा क्षति पुगेको छ। ७० घरधुरी जोखिममा छन्।
छायाँनाथ रारा–७ मा ८ घर भत्केका छन् भने ३०–४० घर जोखिमा परेका छन्। १ जनाको मृत्यु भएको वडा नम्बर ८ मा पुरै गाउँ जोखिममा रहेको स्थानीयले बताएका छन्।
गमगाढ जलविद्युतमा क्षति जसको छ। जसका कारण जिल्लाको सञ्चार सेवा समेत प्रभावित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।