फाइल तस्बिर
काठमाडौं– कर्णाली नदीमा जल सतहले खतराको तह पार गरेर बाढी आएको छ। जल तथा मौसम विज्ञान विभागले अझै पानीको सतह बढ्ने भएकाले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
अहिले कर्णालीमा पानीको सतह १२ दशमलव २३ मिटरभन्दा माथि छ। १० मिटर पानीको सतह पुग्नुलाई सतर्कता र १० दशमलव ८ मिटरलाई खतरा तह मानिन्छ।
कर्णाली नदीमा पानीको सतहले यी दुवै तह पार गरेकाले जोखिम उच्च रहेको विभागले जनाएको छ। त्यस क्षेत्रमा थप वर्षा हुनसक्ने अनुमान रहेकाले कर्णाली तटीय क्षेत्रमा रहेकाहरुलाई अग्लो ठाउँमा बस्न बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
यस्तै, लगातारको वर्षाका कारण कर्णाली नदीमा आएको बाढी राजारपुर तटीय क्षेत्रमा पस्न थालेको छ। राजापुरको दौलतपुरका केही घरमा बाढी पसेको स्थानीयले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।