प्यूठान– पहिरोका कारण चार दिनदेखि अवरुद्ध रहेको प्यूठान–भालुवाङ सडकखण्ड सुचारु भएको छ।
प्यूठान–भालुवाङ सडकखण्डको बेसारपानी, खहरेखोला, मोतिपुर, सिमलचौरलगायतका स्थानमा पहिरो खसेपछि बिहीबारदेखि सवारी आवागमन बन्द भएको थियो।
एक्साभेटरको सहायताले पहिरो हटाइएपछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। पहिरो हटेपछि अहिले गाडी गुड्न थालेका छन्।
मुख्य सडक सञ्चालनमा आए पनि भित्री सडक पहिरोको कारण बन्द भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।