चितवन- सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ।
शनिबार राति ८:३० बजे भरतपुर महानगरपालिका-२९ सत्रकिलोस्थित खानी खोला पुल नजिक सुक्खा पहिरो खसेको हो।
पहिरो खसेपछि अहिले गन्तव्यमा हिँडेका सवारीसाधनको लाइन लागेको छ। सडक डिभिजन कार्यालसँग समन्वय गरेर पहिरो पन्छाउने काम सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।
बिहीबार मात्रै भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। यो वर्ष मात्रै दुई दर्जन बढीपटक पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।