काठमाडौं– नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको मृत्यु भएको छ।
शनिबार बिहान काँडाघारीस्थित आफ्नै घरको शौचालयमा लडेर उनको निधन भएको हो। उनी माओवादी केन्द्रबाट पहिलो संविधान सभा सदस्य भएका थिए।
सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दामा दोषी ठहर भएका उनी उक्त अभियोगमा दुई पटक गरी करिब ७ वर्ष जेल बसेका थिए।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको तत्कालीन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बसेका थिए। उनी हाल एमालेको पोलिट्ब्यूरो सदस्य थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।