प्युठान– पहिरोका कारण अवरुद्ध भएको प्युठान–भालुबाङ सडकखण्ड प्रहरीको संयोजनमा खुलाउने प्रयास भइरहेको छ।
निरन्तर वर्षाले ठाउँठाउँमा पहिरो खस्दा पूर्ण रुपमा सडक अवरुद्ध भएको छ। दर्भानदेखि जस्पुरसम्मको ३० किलोमिटर सडक क्षेत्रको बेसारपानी, खहरेखोला, मोतिपुर, सिमलचौर लगायतका दर्जन स्थानमा पहिरोले सडकमा क्षति पुर्याउँदा आवागमन बन्द भएको छ।
अवरुद्ध बाटोलाई बिहानैदेखि स्काभेटरको सहायताबाट खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए।
उनले भने, ‘पहिरो पन्छाउन सबै श्रोत साधन प्रयोग गरेका छौँ। पानी परेन भने साँझसम्म अवरुद्ध बाटो सञ्चालन हुने संभावना छ।’
बाटो पूर्ण रुपमा खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ। वैकल्पिक भित्री सडक पहिरोको कारण ठप्प हुँदा दशैंका लागि जिल्ला भित्रिएका सर्वसाधारण फर्किन सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।