बर्दिया– बर्दियाको बारबर्दिया र गुलरिया नगरपालिका जोड्ने जब्दीघाटको पुल मंगलबार राति बाढीले बगाएको छ। तीन दिनदेखि परेको अविरल वर्षापछि बबई नदीमा आएको बाढीले उक्त पुल बगाएको हो।
आठ वर्षअगाडि उक्त पुल निर्माण सम्पन्न भएलगत्तै भाँचिएको थियो। पप्पु कन्स्ट्रक्शन प्रालिले निर्माण गरेको उक्त पुल २०७१ सालमा बबई नदीमा आएको बाढीले बीच भागको पिलर धस्सिएपछि भाँचिएको थियो।
उक्त पुलमा गाडी आवतजावत गर्न नसके पनि मोटरसाइकल, साइलक र पैदल यात्रामार्फत वारपार गर्न भने सकिन्थ्यो। तर मंगलबार राति आएको बाढीले त्यही पनि बगाएको छ।
पुलको बीच भागको स्पान र स्पर पिलर बगाएको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।