फाइल तस्बिर
काठमाडौं– जुम्लामा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ। कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ बारकोटेबाडामा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको र दुई जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
यस्तै पहिरोमा पुरिएका दुई जनाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए। अवस्था गम्भीर भएका उनीहरुलाई हेलिकप्टबाट उपचारका लागि सुर्खेत पठाउने तयारी भइरहेको प्रजिअ केशरीले नेपाल लाइभसँग बताए।
घटनाको पूरा विवरण भने आइसकेको छैन। यस्तै गृहमन्त्री बालकृष्ण खाणले घाइतेको उद्धार र पुनर्स्थापनाका लागि कुनै कसर बाँकी नराख्न प्रशासनलाई निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।