फाइल तस्बिर।
काठमाडौं– प्युठानको माण्डवी गाउँपालिका–४, फरुन्डेमा पहिरोले घर पुर्दा घरभित्र पुरिएकाहरूको सनाखत भएको छ।
पहिरोमा पुरिनेहरूमा ६० वर्षीय बोमबहादुर राहुँ, उनकी श्रीमती र २१ वर्षीया टेकी राहुँ, ४ वर्षीय सुशान राहुँ, ६० वर्षीय हीराबहादुर थापा र १८ वर्षीया मौसमी थापामगर रहेको स्थानीय यादव पौडेलले जानकारी दिए।
पहिरोले घर पुरिएको खबर प्राप्त भएपछि घटनास्थलमा जिल्लाबाट प्रहरीको टोली गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सुवास खड्काले जानकारी दिए। पानी लगातार परिरहेकाले उद्धारमा कठिनाइ भएको छ।
प्रहरीका अनुसार माण्डवी–१ स्थित अरङ खोलाले बगाउँदा ३५ वर्षीय धनबहादुर सुनार बेपत्ता भएका छन्। यसअघि दशैंको दिन ऐरावती–५ जाडीखोलाले बगाएका ५ वर्षीय सुसन सुनार अझै फेला परेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।