काठमाडौं– पछिल्लो ३–६ घण्टा सुर्खेत, दैलेख र आसपास धेरै स्थानमा भारी वर्षा भएको छ। उक्त स्थानहरुमा भारी वर्षाका कारण आगामी २४ घण्टा सुर्खेत आसपासका खहरे खोलामा एक्कासी बाढी आउन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आगामी २४ घण्टा सुर्खेत आसपासका खहरे खोलामा एक्कासी बाढी आउन सक्ने रहेकाले भोलि शनिबार बिहानसम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
‘पछिल्लो ३–६ घण्टा सुर्खेत, दैलेख र आसपास धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षा भई आगामी २४ घण्टा सुर्खेत आसपासका खहरे खोलामा एक्कासी बाढी आउन सक्ने रहेकाले भोलि बिहान सम्म सतर्कता अपनाइराखौं’ विभागको सूचनामा भनिएको छ।
यस्तै, पछिल्लो ६ घण्टा पश्चिम राप्ती जलाधारको ढकेरी, नौवस्ता, खजुरा र आसपास भारी वर्षा भएको र थप हुने सम्भावना भएका मानखोला, डुडुवाखोला, बाँके भई बहने राप्ती लगायत साना नदीतटीय क्षेत्र र होचा स्थानमा डुबान हुन सक्ने विभागले जनाएको छ।
त्यसैले साँझसम्म सुरक्षित रहन विभागले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।