काठमाडौं– करिब एक सातादेखि देशभर वर्षा भइरहेको छ। विभिन्न ठाउँमा बाढी र पहिरो पनि गइरहेका छन्। अझै वर्षा निरन्तर रहने भएकाले नदी तथा खोलाको बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
वर्षाका कारण धेरी ठाउामा बाढी पहिरो गइरहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित हुन आग्रह गरेको छ।
शुक्रबार बिहान ४ बजे गोरखा, धादिङ, लमजुङ, तनहुँ, पाल्पा, स्याङ्जा, नवलपरासी, कपिलवस्तु, दाङ, प्यूठान, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपास केही स्थानमा भारी वर्षा भएको र थप हुने भन्दै केन्द्रले उक्त जिल्लाका साना खोलामा आकस्मिक बाढी आउनुका साथै पहिरो जान सक्ने विभागले चेतावनी दिएको छ।
त्यस्तै बिहान साढे ४ बजे भेरी जलाधारका विभिन्न स्थानमा भारी वर्षा भई जलसतह सतर्कता/खतरा तह आसपास पुगेको केन्द्रले जनाएको छ। भेरी जलाधार पर्ने क्षेत्रमा थप वर्षा हुने देखिएकाले भेरी नदीको रिम्नादेखि कर्णाली दोभानसम्म अर्को ६ घण्टासम्म उच्च सतर्कता अपनाउन केन्द्रले अनुरोध गरेको छ।
यसैगरी बिहान ५ बजे पछिल्लो ३ घण्टा कञ्चनपुर, कैलालीको धेरै स्थानमा भारी वर्षा भएको र थप हुने, खुटीया, कान्द्रा, मोहना, सुहेली, चौधरलगायत क्षेत्रका साना खोलाहरूमा एक्कासी बाढी आउन सक्ने भएकाले होचा डुबान हुने स्थानमा दिउँसो १२ बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।