भरतपुर- पटकपटक खसेको पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ।
भरतपुर महानगरपालिका-२९ स्थित केराबारी र अठार किलोमा खसेको पहिरो हटाएर बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
१८ किलोमा लेदोसहितको पहिरो खसेको थियो। आज बिहान भरतपुर महानगरपालिका-२९, स्थित सत्र किलो भन्ने स्थानमा अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध भएको थियो।
नारायणगढ मुग्लिन सडकखण्डमा यस वर्ष मात्रै दुई दर्जन बढी पटक पहिरो खसेर सडक अवरुद्ध भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।