काठमाडौं– मौसम खराबीका कारण काठमाडौंदेखि लुक्लाका लागि उडेका दुई हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन्।
कैलाश एअर र सम्रिक एअरको एक/एकवटा हेलिकप्टर बिहीबार बिहान काभ्रेमा आकस्मिक अवतरण गरेका हुन्। मौसम खराब भएका कारण लुक्लातर्फ गएका दुवै केलिकप्टर पाँचखालमा अवतरण गरिएको बताइएको छ।
यी दुई हेलिकप्टरमा विदेशी पर्यटक सवार थिए। काठमाडौं लगायत देशभरका अधिकांश स्थानमा रातिदेखि नै भारी वर्षा भइरहेको छ। जसका कारण हवाई उडान प्रभावित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।