काठमाडौं– मनाङका उच्च क्षेत्रमा बिहीबार हिमपात भएको छ। नार्पा भूमि गाउँपालिका र मनाङ डिस्याङ गाउँपालिकाका उच्च क्षेत्रमा बिहीबार हिमपात भएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।
सामान्यत: कात्तिक अन्तिमदेखि हिमाली क्षेत्रमा हिमपात हुने भए पनि यस वर्ष लगातारको वर्षा र त्यसपछि बढेको चिसोका कारण असोजमै हिमपात भएको हो।
गत मंगलबारदेखि निरन्तर वर्षा भइरहेको प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। लगातारको वर्षासँगै उच्च क्षेत्रमा हिउँ परेको हो।
यस्तै वर्षा निरन्तर भइरहेको र उच्च क्षेत्रमा हिमपात भएकाले पदयात्रीलाई मौसम र बाटोको अवस्थाबारे पूर्व जानकारी लिएर मात्रै यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।