काठमाडौं– लगातारको वर्षात्का कारण बागमती नदीमा जल सतह उलेख्य बढेको छ। पानी पर्ने क्रम नरोकिएकाले नदी तटीय क्षेत्रमा उच्च सतह अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
बागमती नदीको खोकना जलमापन केन्द्रमा जल सतह उच्च देखिएकोकाले त्यस आसपासका क्षेत्रमा सतर्कता अपनाउन विभागले जनाएको छ। केही दिनदेखिको वर्षाका कारण देशका विभिन्न सानाठूला नदी र खोलामा बहाव बढ्नेक्रम जारी छ।
यस्तै विभागले हात त्रिशूली, बुढीगण्डकी र मर्स्याङदी नदीको जल सतह सतर्कता तह आसपास पुगेको र बढ्ने क्रममा रहेको जानकारी दिएको छ।
लगातार नदीको सतह बढ्ने क्रममा रहेकाले नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन सूचना जारी गर्दै विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।