फाइल तस्बिर
काठमाडौं– बाराको अमलेखगञ्जमा बिहीबार बिहान भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा १५ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बाराका प्रहरी प्रमुख होविन्द्र बोगटीका अनुसार घटनास्थलमै ८ जनाको र अन्य ६ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मृतकमध्ये ९ जना पुरुष र पाँच जना महिला रहेका छन्।
नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस बारा जितपुर सीमरा उपमहानगर पालिका–२२ तीन नम्बर पुल भन्ने स्थानमा दुर्घटनामा परेको हो।
पानी परिरहेको बेला ओरालोमा तीव्र गतिमा गुडीरहेको बस सडकबाट तल खोलामा खसेको प्रहरीको भनाइ छ। बस पूर्ण रुपमा क्षतिग्रस्त भएको एसपी बोगटीले बताए। घाइतेहरुको चुरेहिल, हेटौंडा र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।