काठमाडौं– उपत्यकामा बिहीबार दिनभर वर्ष हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षाका कारण दशैंमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ।
बुधबार रातिदेखि काठमाडौं उपत्यकामा पानी परिरहेको छ। उपत्यकामा गएको २४ घण्टामा २२ दशमलब ४ एमएम पानी परेको छ। मौसमविद् मञ्जु बासीका अनुसार बिहीबार दिनभर पानी पर्नेछ।
‘काठमाडौं उपत्यकामा आज दिनभर लगातार मध्यम खालको वर्षा हुन्छ’ उनले भनिन्, ‘३/४ बजेतिर पानी केही कम भएपनि दिनभरी नै पानी पर्नेछ।’ काठमाडौं उपत्यकामा शनिबार विहानदेखि मात्र वर्षा कम हुँदै जानेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।