फाइल तस्बिर।
काठमाडौं- पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ।
भरतपुर महानगरपालिका–२९, सत्र किलोमा लेदोसहितको पहिरो खसेपछि बाटो दुईतर्फी नै अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
बिहीबार बिहान ८:२० बजेतिर लेदोसहितको पहिरो खसेको र उक्त पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको चितवन ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए।
सडक अवरुद्ध भएसँगै नारायणगढ–मुग्लिन सडक भएर चल्ने सवारी साधन र यात्रु अलपत्र परेका छन्। ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।