फाइल तस्बिर।
काठमाडौं- बिहीबार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमतीका पहाडी भूभागमा बाढी पहिरोको जोखिम रहेको छ।
आगामी २४ घण्टासम्म यी प्रदेश भएर बहने नदीमा आकस्मिक बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार जाजरकोट, बर्दिया, बाँके, दाङ, रोल्पा, प्युठान, गुल्मी, पर्वत, अर्घाखाँची, कपिलवस्तु, पाल्पा, स्याङ्जा, तनहुँ, रुपन्देही, नवलपरासी पूर्व र पश्चिम तथा चितवनमा बाढीको उच्च जोखिम छ।
तटीय क्षेत्र आसपास यात्रा गर्दा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।