धनगढी- कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
पुनर्वास नगरपालिका-११ अमरबस्तीमा से ७ प ४७६५ नम्बरको मोटरसाइकल बिजुलीको पोलसँग ठोक्किँदा दुर्घटनामा परेको हो।
पुनर्वास नगरपालिका-९ बाट डोकेबजार जानेक्रममा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-३ चटकपुरका २३ वर्षीय गुड्डु राना र पछाडि सवार पुनर्वास-१० का २२ वर्षीय विशाल रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका कार्यालय प्रमुख, प्रहरी निरीक्षक नरेश राज मल्लले जानकारी दिए।
बुधबार राति साढे १० बजेतिर मोटरसाइकल दुर्घटनामा परेको हो। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।