फाइल तस्बिर।
काठमाडौं- नारायणी नदीमा पानीको बहावले सतर्कता तह पार गरेको छ। नारायणी देवघाटमा बिहान ६ :२० बजे सतर्कता पार गरेको नेपाल बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महशाखाका अनुसार जलसतह थप बढ्ने अनुमान गरिएको छ। जलाधारमा थप वर्षा हुने सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ।
चितवन र नवलपरासीको तटीय क्षेत्रमा हुनेहरूले बिहीबार साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन विभागको अनुरोध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।