चितवन– चितवनमा जीपको ठक्करबाट श्रीमान्को मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन्।
भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १५च ७४७९ नम्बरको जीपले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिएको हो।
उक्त दुर्घटनामा मोटरसाइकलमा सवार पर्वतको महाशिला गाँउपालिका–५ का ४८ वर्षीय मित्रलाल पङगेनीको मृत्यु भएको छ। टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मित्रलालकी श्रीमति ४० वर्षीया राधा घाइते भएकी छिन्। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।