काठमाडौं- काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा मंगलबार राति देखि नै पानी परिरहेको छ। बुधबार पनि देशका धेरै स्थानमा पानी पर्ने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार केही क्षेत्रमा भारी वर्षाको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले पश्चिम राप्ती जलाधारको धेरै स्थानमा पछिल्लो ६ घण्टा अति भारी वर्षा मापन भएको र थप वर्षा हुने, पश्चिम राप्ती भालुबाङ र कुसुम जलमापन केन्द्रमा जलसतह एक्कासी बढ्ने जनाएको छ। त्यसैले ती क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
'पश्चिम राप्ती जलाधारको धेरै स्थानमा पछिल्लो ६ घण्टा अति भारी वर्षा मापन भएको र थप वर्षा हुने, पश्चिम राप्ती भालुबाङ र कुसुम जलमापन केन्द्रमा जलसतह एक्कासी बढ्ने, सतर्कता आसपास पुग्न सक्ने, तटीय क्षेत्र र डुवान हुने होचा स्थानमा १२ बजे सम्म उच्च सतर्कता अपनाऔ,' बुधबार बिहान महाशाखाले जारी गरेको सूचनामा भनिएको छ।
यसैगरी, प्यूठान, दाङ, बाँके जिल्ला भई बहने अधिकांश साना खहरे खोलामा आकस्मिक बाढीको उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।