पाल्पा– पाल्पाको रैनादेवी मन्दिर जाँदै गरेको जीप दुर्घटनामा परेको छ। पूजाका लागि मन्दिर गएका मानिस चढेको जीप दुर्घटना हुँदा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
मंगलबार दिउँसो १२ बजेतिर रैनादेवीछहरा गाउँपालिका–३ मा रहेको रैनादेवी मन्दिर जाँदै गरेको जीप दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका चालक रैनादेवी ३ का ४० वर्षीय खगेन्द्रबहादुर कुमाल, १८ वर्षीय रितिक परियार, १७ वर्षीय सुनिल परियार र २१ वर्षीया सरिता कुमालको सदरमुकाम तानसेनमा उपचार भइरहेको छ।
घाइतेमध्ये रितिक र सुनिलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जीपमा १६ जना सवार रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।