फाइल तस्बिर।
काठमाडौं– मकवानपुरमा आइतबार राति भएको भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्।
काठमाडौंबाट दमकका लागि छुटेको ना७ ख २०३२ नम्बरको बस पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-१५ चुरियामाई नजिक दुर्घटनामा प्ररेको थियो।
दुर्घटनामा मृत्यु हुनेमा मोरङ बेलबारी-८ की ५१ वर्षीया कल्पना राजवंशी र झापाको दमक– ५ का दिल्लीबहादुर दर्जी रहेका छन्। कल्पनाको चुरेहिल अस्पताल दिल्लीबहादुरको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकामध्ये केहीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि चितवन र काठमाडौं रेफर गरिएको छ।
प्रहरीका अनुसार घाइतेमध्ये पाँचजनाको अवस्था चिन्ताजनक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।