काठमाडौं- काठमाडौं महानगरपालिकाले दशैं बिदाका लागि विशेष व्यवस्था ल्याएको छ। महानगरका मेयर बालेनले समाजिक सञ्जालमा पोस्ट गर्दै ५५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाएको जनाएका छन्।
‘दशैं बिदाका लागि विशेष व्यवस्था, ५५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको छ,’ बालेनले लेखेका छन्, ‘नजिकको स्वास्थ स्वयंसेवकमार्फत तपाईंहरुले सिटामोल र जीवनजल प्राप्त गर्न सक्नु हुनेछ।’
यस्तै महानगरले २४ घन्टे हटलाइन सेवा निरन्तर राख्ने व्यवस्था मिलाएको छ। ११८० मा फोन गरेर डेंगुको बारेमा जानकारी लिन सकिने १०२ मा फोन गरेर नि:शुल्क एम्बुलेन्स सेवा प्राप्त गर्न सकिने बालेनले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।