काठमाडौं- काठमाडौंबाट खोटाङको दिक्तेल जाँदै गरेको बसमा आगो लागेको छ।
काठमाडौंबाट दिक्तेल जाँदै गरेको बा३ख ८९८१ नम्बरको बसमा हलेसी तुवाचुङ नगरपालिका-१, बाहुनीडाडाँको कदुवामा आगो लागेको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष रुद्र कुमार राईले बताए।
आगो दिउँसो साढे चार बजे लागेको हो। बसमा आगो लागेपछि यात्रुहरू निस्किएको राईले जनाए। ‘बसमा उभिएर र बसेर खचाखच यात्रुहरू बसेका रहेछन्,’ राईले भने‚ ‘आगो लागेपछि भागेर उनीहरू जोगिएका छन्।’
बसमा आगलागी हुँदा कुनै मानवीय क्षति नभएको तर बसमा भएका सामान जलेको बताइएको छ । उक्त आगलागीकाबारे अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।