काठमाडौं– पछिल्लो साढे दुई महिनाको अवधिमा मात्रै नेपालमा डेंगु संक्रमितको संख्या ३० हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म नेपालमा डेंगु संक्रमितको संख्या ३० हजार ८६ पुगेको छ।
यो संख्या सरकारी अस्पताल र प्रयोगशालामा परीक्षणका क्रममा पुष्टि भएको मात्र हो। कैयौं मानिस डेंगुबाट संक्रमित भए पनि परीक्षणका लागि गएका छैनन्। लक्षण देखिएकाहरु अधिकांश घरमै बसेर आराम गरिरहेका छन्।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ। योसँगै गत अढाई महिनाको अवधिमा डेंगुबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।