• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'कात्तिक ४ गते संसद् विघटन भयो, तर चुनाव हुन सकेन भने के हुन्छ'

64x64
नेपाल लाइभ शनिबार, असोज २१, २०७४  १९:३५
1140x725

संविधानको धारा २९६ मा ‘उम्मेदवारको मनोनयन पत्र दाखिला गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका–संसद कायम रहने’ व्यवस्था छ । यसअनुसार हालको संसदको आयु कात्तिक ४ गतेसम्म मात्रै हो । साधारण र संक्रमणकालीन दुवै अवस्थामा प्रधानमन्त्री पदमुक्त हुने एउटा संवैधानिक व्यवस्थामा छ– निज प्रतिनिधि सभाको सदस्य नरहेमा । 

यसअनुसार कात्तिक ४ गतेपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार कामचलाउ बन्नेछ । कामचलाउ सरकारले दैनिक प्रशासनिक काम कारबाही मात्रै गर्ने प्रचलन छ । तर, सरकारले मंसिर १० र २१ म दुई चरणमा दुई तहको चुनाव गर्न लागिरहेको छ । कामचलाउ सरकारले निर्वाचन गराउन मिल्छ कि मिल्दैन ? यसै विषयमा संविधानका ज्ञाता भीमार्जुन आचार्यसँग नेपाल लाइभका लागि किशोर दहालले गरेको संक्षिप्त कुराकानी :

संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभाको चुनावका लागि मनोनयन दाखिला गर्ने अघिल्लो दिन कात्तिक ४ गते संसदको अवधि सकिन्छ र प्रधानमन्त्री संसदको सदस्य नरहेमा पदमुक्त हुन्छन् । यो स्थितिलाई कसरी हेर्नुभएको छ?

प्रधानमन्त्री कामचलाउ अवस्थामा हुनेछन् । त्यो संविधानमै लेखेको छ।

कामचलाउ प्रधानमन्त्रीले चुनाव गराउन मिल्छ?

निर्वाचन गराउनलाई नै त के आपत्ति होला र ! तर, प्रश्न त उठ्छ नै । विशेषगरी नैतिक र राजनीतिक प्रश्न उठ्न सक्छ । संविधान अनुसार संसद् नरहने र संसद नै नरहेपछि प्रधानमन्त्री पनि पदमुक्त हुने भन्ने छ । त्यसपछि उनीहरु कामचलाउ हुन्छन् । त्यसैले चुनावको विषय विवादास्पद हुनसक्छ । यस विषयमा संविधान नबोलेकाले अप्ठ्यारो छ। 

संविधानको दृष्टिमा यो कस्तो खाले अप्ठ्यारो हो?

यो अवस्था हामीकहाँ पहिले आएको थिएन । तर, राज्यको सिद्धान्त अनुसार सरकार रिक्त हुँदैन । त्यो निरन्तर हुन्छ । निर्वाचनको कार्यक्रम पहिले नै तय भएकाले सीधै बाधा पर्ने चाहिँ देखिन्न।

Ncell 2
Ncell 2
nimb
nimb

यो समस्या त पाँच–पाँच वर्षमा दोहोरिरहने भयो नि !

यो ठूलो संवैधानिक त्रुटि हो । संविधानमा चुनाव भएर नयाँ प्रतिनिधिसभा गठन भएपछि मात्रै पुरानोलाई अन्त्य गर्ने व्यवस्था हुनुपर्थ्यो । तर, नयाँ नआउँदै पुरानो विघटन हुने बनाइयो, यो संविधानमा भएको ठूलो त्रुटि हो । अर्को खतरा के पनि देखिन्छ भने, मानौं कात्तिक ४ गते संसद् विघटन भयो, तर चुनाव हुन सकेन भने त्यो बेला के हुन्छ ? त्यस्तो स्थितिमा मुलुक झन् बर्बाद अवस्थामा जान्छ । यस्ता समस्याहरु संविधानमा धेरै छन्। 

अब संवैधानिक प्रश्न नउठ्नेगरी समस्या समाधानको उपाय के हुन सक्छ?

संवैधानिक उपाय त खोज्नैपर्छ । यसरी रिक्त हुने खालको व्यवस्था राख्नुभएन । राज्यका निकायहरुलाई रिक्ततामा राख्नुहुँदैन भनिन्छ, संवैधानिक शास्त्रमा । हाम्रो संविधानमा नयाँ संसद् आउनुअघि नै पुरानो संसद् विघटन हुने व्यवस्था नै राख्नुहुन्न थियो । यो कुरोलाई आगामी दिनमा ख्याल गर्नुपर्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो बीचमै संविधान संशोधन गरेर जाने पो हो कि!

त्यो त सम्भव छैन । तर, आगामी दिनमा ध्यान पुर्‍याउनुपर्ने विषय हो । यसबारे सोच्न जरुरी छ।

एउटा सरकार कामचलाउ भइसकेपछि तत्काल अर्को सरकार गठनको प्रक्रिया थाल्नुपर्छ । तर, त्यति बेला हामीसँग संसद् हुँदैन । यस्तो अवस्थामा के हुन्छ?

संसद् नै नभएपछि नयाँ सरकार गठन गर्ने सम्भावना हुँदैन । यो सबै संविधानको समस्या हो । संविधान लेख्दा यस्ता त्रुटि प्रशस्तै गरिएका छन् । आशा गरौं, आउने दिनमा संविधानमा परिमार्जन गरिएला । तर, अहिलेलाई कसैले निर्वाचन रोक्ने कुरा भएन । निर्वाचनपछि यो विषयमा सोचिएला।

प्रकाशित मिति: शनिबार, असोज २१, २०७४  १९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्