• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर १५, २०८२ Mon, Dec 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘गुठियार बाहिरिँदा समस्या हुन थाल्यो’

64x64
रासस बिहीबार, असोज १३, २०७९  १३:४४
1140x725

काठमाडौं– राजधानीको मुख्य सहरी क्षेत्रका नेवार समुदाय असन, इन्द्रचोकलगायत ठाउँबाट बाहिरिन थालेपछि दशैंलगायत सांस्कृतिक पर्वको प्रक्रिया लोप हुन थालेको छ्।

कतिपय मुख्य सहरी क्षेत्रमा जग्गा अभाव भएर काठमाडौंकै अन्य खुला स्थान विशेषगरी काठ क्षेत्रमा सर्न थालेका छन्। कतिपय नेवार समुदाय भने अहिले पनि धेरै जना दाजुभाइ एउटै घरमा बसिरहेका छन्।

नेवार समुदायले विभिन्न देवी–देवताका रथयात्रा एवं बडादशैंलगायत मुख्य सांस्कृतिक चाड गुठीबाट भोज गरी मनाउँछन्। गुठीका सदस्य (गुठियार) टाढिँदा गुठी पनि लोप हुने अवस्थामा पुगिसकेको काठमाडौं महानगरपालिका वडा नं २७ का अध्यक्ष योगेशकुमार खड्गीले जानकारी दिए। 

‘गुठियार बाहिरिँदा यहाँ मनाइने विभिन्न जात्रामा खट बोक्ने मान्छेसमेत नहुने अवस्था आएको छ, गठेमङ्गल पर्वमा भूतलाई घरबाट बाहिर पठाउने परम्परा लोपोन्मुख अवस्थामा पुगेको छ, समुदायका सदस्य एकैठाउँ नहुँदा अन्य पर्वका सांस्कृतिक प्रक्रिया पनि सङ्कटमा परेका छन्’, उनले भने। 

महानगरपालिकाका वडा नं १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ का पूरै भाग मुख्य सहरी क्षेत्रमा पर्छन्। २६, २८, १३ र ११ नं वडाका केही भागमा पनि मुख्य सहरी क्षेत्रबाट गएर बसेका नेवार समुदायको बाहुल्यता छ।

सेतो मच्छेन्द्रनाथको पुजारीसमेत रहनुभएका महानगरपालिका वडा नं २५ का पूर्वअध्यक्ष नीलकाजी शाक्य नेवार समुदाय मुख्य सहरी क्षेत्रबाट काठक्षेत्रका बूढानीलकण्ठ, टोखा, तारकेश्वर, नागार्जुनलगायत नगरपालिकामा गएर बस्न थालेकाले गुठी, पर्व एवं रथयात्रा चलाउन अप्ठ्यारो भएको बताउँछन्। 

मुख्य सहरी क्षेत्र साँघुरो हुन थालेकाले बेचेर नेवार समुदाय धेरै जग्गामा घर बनाउन काठक्षेत्र पस्न थालेका हुन्। मुख्य सहरी क्षेत्रमा भने मारवाडी र मुस्लिम समुदाय घर जग्गा किनेर बस्न थालेको उनले सुनाए। यसका कारण दशैं, नेपाल संवत्, म्हपूजा, किजापूजालगायत सांस्कृतिक पर्वमा प्रभाव पर्न थालेको छ। 

नेवार समुदायमा पहिले दशैंको टीकादेखि तिहारसम्म टीका लगाइन्थ्यो। अहिले भने कोजाग्रत पूर्णिमासम्ममात्र लगाइन्छ। महानवमीको दिन विशेष पूजा गरेर नेवार समुदायमा विजयादशमीका दिन रातो टीकासँगै कालो टीका पनि लगाउँछन्। यसलाई ‘मोहनी सिन्ह’ भनिन्छ। 

Ncell 2
Ncell 2

नेवार समुदायका श्रेष्ठ, जोशी, राजोपाध्याय र शर्मा बाहेकका थर बौद्धमार्गी भएकाले पछिल्लो समय बलि प्रथा छोड्न थालेको वडाध्यक्ष खड्गी बताउँछन्। उनले भने, ‘बलि प्रथा छोड्दा दाजुभाइको मिलनमा पनि अप्ठ्यारो हुन थालेको छ, मुख्य सहरी क्षेत्रबाट बाहिरिए पनि बलि प्रथा भएका बेला बलिको मासु लिन बाहिरिएकाहरू पनि मूलघर आउने गर्थे, बलिको मासु जेठोको क्रमअनुसार सबैलाई भाग लगाउने विधि नेवार समुदायमा छ, दाजुभाइबाहेकलाई यो मासु दिइँदैन।’ 

यो परम्पराका कारण सम्बन्ध बिग्रिएका दाजुभाइ पनि दशैंमा एकै ठाउँ हुन्थे । सम्बन्ध सुध्रिन्थ्यो । अब त्यो परम्परा कसरी बसाल्ने भन्ने समस्या हुन थालेको छ । बलिप्रथा छाडेका नेवार समुदायले मासु खान भने छोडेका छैनन् । बलि नदिने तर मासु भने खाने गरी विकसित भएको परम्परा त्यति ठीक नलागेको भन्दै समुदायभित्र आवाज पनि उठ्न थालेको वडा अध्यक्ष खड्गीले जानकारी दिए। 

असनको उदाय् समाजका नौ थरले फरक तरिकाले दशैं मनाउँछन्। यो समुदायले असनस्थित अन्नपूर्ण मन्दिरको जात्रा आश्विन शुक्ल एकादशीका दिन गर्ने गरेका छन्। यो समुदायमा खड्ग जात्रा पनि आश्विन शुक्ल एकादशीकै दिन हुने गरेको छ। 

मुख्य सहरी क्षेत्रका नेवार समुदाय नवरात्रका अवसरमा काठमाडौं उपत्यकाका नौवटा तीर्थमा जाने गर्छन्। यसलाई नवरात्रको तीर्थयात्रा पनि भन्ने गरिन्छ। यो यात्रा शङ्खमूलबाट सुरु गरिन्छ। यो यात्रा गर्ने नेवार समुदायले नवरात्रको पहिलो दिन शङ्खमूल जाने गरेको महानगरपालिका वडा नं २५ का अध्यक्ष राजेश डङ्गोल बताउँछन्। 

दोस्रो दिन शोभाभगवती, तेस्रो दिन गोकर्णेश्वर, चौथो दिन पचली भैरव, पाँचौं दिन टोखा, छैठौं दिन पशुपति देवपत्तन, सातौं दिन टेकु दोभान, आठौं दिन कङ्केश्वरीपारिको लखतीर्थ, नवौं दिन गुह्येश्वरीमा पूजा आरधना एवं दर्शन गर्ने विधि रहेको उनले जानकारी दिए। 

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १३:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी ‘फोकल पर्सन’ रवीन्द्र शाहले साउनयता चार महिनामा मात्रै ३९ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको जानका... सोमबार, मंसिर १५, २०८२
जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र स्थायी ठेगाना अन्य जिल्ला भएका घाइतेहरूले आफ्नो जिल्लाबाट रकम लिएको हुन सक्ने भएकाले दोहोरो नपर्ने गरी काम गर्नुपर्ने उनले बताए। 'स्... सोमबार, मंसिर १५, २०८२
एड्स महामारीकाे अन्त्य गर्ने कार्यमा एकजुट हुन स्वास्थ्यमन्त्रीको आह्वान उनले सन् २०३० सम्ममा एचआइभीको विश्वव्यापी मान्यताअनुसार नेपालले लिएको ९५–९५–९५ लक्ष्य हासिल गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको बत... सोमबार, मंसिर १५, २०८२
ताजा समाचारसबै
अन्ततः पुसमा महाधिवेशन गर्न संस्थापन पक्ष सहमत सोमबार, मंसिर १५, २०८२
बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला सोमबार, मंसिर १५, २०८२
स्रोत नखुलेको १८ लाख नगदसहित  किशोर पक्राउ सोमबार, मंसिर १५, २०८२
जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र सोमबार, मंसिर १५, २०८२
एड्स महामारीकाे अन्त्य गर्ने कार्यमा एकजुट हुन स्वास्थ्यमन्त्रीको आह्वान सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
पुसको अन्तिम साता महाधिवेशनको कार्यतालिका ल्याउने कांग्रेस संस्थापन पक्षको तयारी आइतबार, मंसिर १४, २०८२
डिजेल/मट्टितेलको मूल्य घट्यो सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्