• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर १५, २०८२ Mon, Dec 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

आधुनिकताले हराउन थाल्यो रातोमाटो र कमेरोले घर पोत्ने प्रचलन

64x64
रासस बिहीबार, असोज १३, २०७९  १३:१३
1140x725

ढोरपाटन– बागलुङको निसीखोला गाउँपालिका–४ की फुर्सी विकलाई दशैंको घटस्थापनाको दिनसम्म रातोमाटो र कमेरो गाउँलेका घर–घरमा पुर्‍याउन भ्याइनभ्याइ हुन्थ्यो। उनले माटो गाउँलेका घरमा पुर्‍याइदिएवापत दशैं खर्च पाउँथिन्। 

तर दुई वर्षयता उनलाई दशैं खर्च जोहो गर्न मुस्किल भइरहेको छ। गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयवासीले रातोमाटो र सेतो कमेरोले घर पोत्न छोडिसके।

घर माटोले पोत्ने प्रचलन घट्दै गएपछि माटो बेचेर जीविका चलाउँदै आएइकी विक अहिले पेशा परिवर्तन गर्ने सोचमा छिन्। ‘मैले माटो बेचेर खर्च चलाउँदै आएको १७ वर्ष भयो, दुई वर्षदेखि माटो बिक्री हुनै छाड्यो, १५–२० बोरा बेच्यो भने पाँच सय आम्दानी हुन्छ, धेरै मान्छेले माटोले घर लिप्नै (पोत्न) छाडिसके, अब माटो बेचेर ज्यान पाल्न गाह्रो छ, अरु नै पेशा गर्नुपर्ने भयो,’ उनले भने। 

दशैं–तिहारबाहेक अरु बेला पनि गाउँलेका घरमा माटो पुर्‍याउने गर्दै आएकी उनी अहिले वर्षमा दुई सय बोरा पनि बेच्न गाह्रो परेको गुनासो गर्छिन्। आफूले दशैंका बेलामा मात्रै पाँच सयदेखि आठ सय बोरा बाटो गाउँलेका घरमा पुर्‍याउने गरेको र  अहिले एक सय बोरा पनि बिक्री हुन छाडेको उनले बताइन्। 

‘मैले दशैंमा मात्रै माटो बेचेर १५ हजारदेखि २० हजारसम्म आम्दानी गर्थें, अहिले वर्षभरिमा पनि १५ हजार कमाई हुँदैन, गाउँभरि टिन (जस्तापाता) र सिमेन्टबाट घर बन्न थाले, मान्छेहरूले मेरो माटो के किन्थे’, विक भन्छिन्, ‘पहिले–पहिले रातोमाटो र सेतो कमेरोले घर पोत्दा गाउँ नै निकै राम्रो देखिन्थे, अहिले बजारबाट आउने रंगले कमेरो र रातोमाटो प्रयोग हुनै छोड्यो।’

गाउँमा परम्परागत ढुंगा, काठ र माटोले बनेका घर विस्थापित हुन थालेपछि माटोले घर पोत्ने प्रचलन हराउँदै गएको निसीखोला–२ की फूलमाया कुँवरले बताइन्। ‘गाउँले घरआँगन लितपोत गर्न थाले भने दशैं आएको आभाष हुन्थ्यो, घर लिपेर चोख्याएपछि घटस्थापनाका दिनमा जमरा राख्ने गरिन्थ्यो, अहिले त बजारबाट रङ किनेर ल्याएर लगाउँछन्, माटो कमेरोको प्रयोग हुनै छोड्यो’, उनी भन्छिन्।

कुँवरले आधुनिकताले परम्परालाई विस्थापित गर्न थालेको भन्दै अहिले दशैंको रौनक पनि हराउँदै जान थालेको गुनासो गरिन्। माटो र कमेरो गाउँले जनजीवनसँग जोडिएको तर देखासिकी र प्रविधिको विकासले परम्परा जोगाउन नसकिने अवस्थामा पुगेको उनले गुनासो गरिन्। 

उनले भनिन्, ‘माटो र कमेरो त हामी गाउँलेहरूको जनजीवन र पहिचानसँग जोडिएको थियो, पहिले–पहिले गाउँका सबै घर रातोमाटो र सेतो कमेरोले पोतिएका हुन्थे, टाढाबाट देख्दा पनि गाउँले परिवेश झल्किन्थ्यो, आधुनिकताले सबै मेटाउन थाल्यो, पछिल्लो पुस्ताले त झन् देख्नै पाउने छैनन्।’च

Ncell 2
Ncell 2

केही वर्ष अगाडिसम्म निसीखोला गाउँपालिका–४ को बडाचौरमा रातोमाटो ल्याउन आउनेको निकै भिड लाग्ने गर्थ्यो तर पछिल्लो दुई वर्षदेखि निकै कम भएको स्थानीय बलबहादुर खत्रीले बताए। पछिल्लो समय गाउँमा ढुङ्गे घरमासमेत कृतिम रङ लगाउन थालेपछि माटो र कमेरोको प्रयोग कम हुँदै गएको उनको भनाइ छ। 

‘यो ठाउँमा माटो ल्याउन आउनेको ठूलो भीड लाग्थ्यो, दशैंको बेलामा त झन् पालो गरेर माटो लैजानुपर्ने अवस्था थियो तर अहिले मान्छेहरु आउनै छाडे’, खत्रीले पुरानो माटो निकालिएको ठाउँ सिकाउँदै भने, ‘यहाँबाट सयौं बोरा माटो निकालेर टाढा–टाढा पुर्‍याउँथे, यो गाउँका मात्रै होइन, धेरै गाउँबाट मान्छेहरु माटो ल्याउन यहाँ आउने गर्थे।’

अहिले गाउँमा खर र ढुंगाका घर विस्तारै हराउँदै गएको भन्दै सिमेन्ट र जस्तापाताले बनेका घर बढिरहेको उनको भनाइ छ। पहिले विद्यालयका भवन पनि माटो र काठले बनेको हुँदा दशैंका बेला माटो र कमेरोले लिप्ने गरेको खत्रीले स्मरण गरे। 

‘यो गाउँमा आधा दशक अगाडिसम्म पूरै घर ढुंगा, काठ र माटोले बनेका थिए, कति घर खरले पनि छाएका थिए, अहिले खरको घर त देख्नसमेत पाइँदैन, विद्यालय पनि ढुंगा माटोले बनेका थिए, दशैंका बेला विद्यार्थीले रातोमाटो र कमेरोले लिप्ने गर्थे, अहिले विद्यालय पनि सिमेन्टले बने, सिमेटले बनेका घरमा रातो माटोले लिप्ने कुरा भएन’, उनले भने, ‘अहिलेसम्म त केहीले माटोले घर पोत्दै आएका छन्, अबको दुई/चार वर्षमा गाउँमा कोहीले पनि माटो र कमेरो प्रयोग गर्ने छैनन्।’

बागलुङका १० वटै स्थानीय तह खरको छानो मुक्त पालिका अभियानमा जुटेका छन्। सो अभियानअनुसार गाउँमा भएका पुराना खरका छाना हटाएर जस्तापाताले छाउन थालेका छन्। जिल्लाको बागलुङ नगरपालिका, गलकोट नगरपालिकालगायत पालिकामा अहिले खरका घर पूर्णरूपमा विस्थापित भएका छन्।

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी ‘फोकल पर्सन’ रवीन्द्र शाहले साउनयता चार महिनामा मात्रै ३९ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको जानका... सोमबार, मंसिर १५, २०८२
जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र स्थायी ठेगाना अन्य जिल्ला भएका घाइतेहरूले आफ्नो जिल्लाबाट रकम लिएको हुन सक्ने भएकाले दोहोरो नपर्ने गरी काम गर्नुपर्ने उनले बताए। 'स्... सोमबार, मंसिर १५, २०८२
एड्स महामारीकाे अन्त्य गर्ने कार्यमा एकजुट हुन स्वास्थ्यमन्त्रीको आह्वान उनले सन् २०३० सम्ममा एचआइभीको विश्वव्यापी मान्यताअनुसार नेपालले लिएको ९५–९५–९५ लक्ष्य हासिल गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको बत... सोमबार, मंसिर १५, २०८२
ताजा समाचारसबै
अन्ततः पुसमा महाधिवेशन गर्न संस्थापन पक्ष सहमत सोमबार, मंसिर १५, २०८२
बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला सोमबार, मंसिर १५, २०८२
स्रोत नखुलेको १८ लाख नगदसहित  किशोर पक्राउ सोमबार, मंसिर १५, २०८२
जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र सोमबार, मंसिर १५, २०८२
एड्स महामारीकाे अन्त्य गर्ने कार्यमा एकजुट हुन स्वास्थ्यमन्त्रीको आह्वान सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
पुसको अन्तिम साता महाधिवेशनको कार्यतालिका ल्याउने कांग्रेस संस्थापन पक्षको तयारी आइतबार, मंसिर १४, २०८२
डिजेल/मट्टितेलको मूल्य घट्यो सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्