• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

आधुनिकताले हराउन थाल्यो रातोमाटो र कमेरोले घर पोत्ने प्रचलन

64x64
रासस बिहीबार, असोज १३, २०७९  १३:१३
1140x725

ढोरपाटन– बागलुङको निसीखोला गाउँपालिका–४ की फुर्सी विकलाई दशैंको घटस्थापनाको दिनसम्म रातोमाटो र कमेरो गाउँलेका घर–घरमा पुर्‍याउन भ्याइनभ्याइ हुन्थ्यो। उनले माटो गाउँलेका घरमा पुर्‍याइदिएवापत दशैं खर्च पाउँथिन्। 

तर दुई वर्षयता उनलाई दशैं खर्च जोहो गर्न मुस्किल भइरहेको छ। गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयवासीले रातोमाटो र सेतो कमेरोले घर पोत्न छोडिसके।

घर माटोले पोत्ने प्रचलन घट्दै गएपछि माटो बेचेर जीविका चलाउँदै आएइकी विक अहिले पेशा परिवर्तन गर्ने सोचमा छिन्। ‘मैले माटो बेचेर खर्च चलाउँदै आएको १७ वर्ष भयो, दुई वर्षदेखि माटो बिक्री हुनै छाड्यो, १५–२० बोरा बेच्यो भने पाँच सय आम्दानी हुन्छ, धेरै मान्छेले माटोले घर लिप्नै (पोत्न) छाडिसके, अब माटो बेचेर ज्यान पाल्न गाह्रो छ, अरु नै पेशा गर्नुपर्ने भयो,’ उनले भने। 

दशैं–तिहारबाहेक अरु बेला पनि गाउँलेका घरमा माटो पुर्‍याउने गर्दै आएकी उनी अहिले वर्षमा दुई सय बोरा पनि बेच्न गाह्रो परेको गुनासो गर्छिन्। आफूले दशैंका बेलामा मात्रै पाँच सयदेखि आठ सय बोरा बाटो गाउँलेका घरमा पुर्‍याउने गरेको र  अहिले एक सय बोरा पनि बिक्री हुन छाडेको उनले बताइन्। 

‘मैले दशैंमा मात्रै माटो बेचेर १५ हजारदेखि २० हजारसम्म आम्दानी गर्थें, अहिले वर्षभरिमा पनि १५ हजार कमाई हुँदैन, गाउँभरि टिन (जस्तापाता) र सिमेन्टबाट घर बन्न थाले, मान्छेहरूले मेरो माटो के किन्थे’, विक भन्छिन्, ‘पहिले–पहिले रातोमाटो र सेतो कमेरोले घर पोत्दा गाउँ नै निकै राम्रो देखिन्थे, अहिले बजारबाट आउने रंगले कमेरो र रातोमाटो प्रयोग हुनै छोड्यो।’

गाउँमा परम्परागत ढुंगा, काठ र माटोले बनेका घर विस्थापित हुन थालेपछि माटोले घर पोत्ने प्रचलन हराउँदै गएको निसीखोला–२ की फूलमाया कुँवरले बताइन्। ‘गाउँले घरआँगन लितपोत गर्न थाले भने दशैं आएको आभाष हुन्थ्यो, घर लिपेर चोख्याएपछि घटस्थापनाका दिनमा जमरा राख्ने गरिन्थ्यो, अहिले त बजारबाट रङ किनेर ल्याएर लगाउँछन्, माटो कमेरोको प्रयोग हुनै छोड्यो’, उनी भन्छिन्।

कुँवरले आधुनिकताले परम्परालाई विस्थापित गर्न थालेको भन्दै अहिले दशैंको रौनक पनि हराउँदै जान थालेको गुनासो गरिन्। माटो र कमेरो गाउँले जनजीवनसँग जोडिएको तर देखासिकी र प्रविधिको विकासले परम्परा जोगाउन नसकिने अवस्थामा पुगेको उनले गुनासो गरिन्। 

उनले भनिन्, ‘माटो र कमेरो त हामी गाउँलेहरूको जनजीवन र पहिचानसँग जोडिएको थियो, पहिले–पहिले गाउँका सबै घर रातोमाटो र सेतो कमेरोले पोतिएका हुन्थे, टाढाबाट देख्दा पनि गाउँले परिवेश झल्किन्थ्यो, आधुनिकताले सबै मेटाउन थाल्यो, पछिल्लो पुस्ताले त झन् देख्नै पाउने छैनन्।’च

Ncell 2
Ncell 2
nimb
nimb

केही वर्ष अगाडिसम्म निसीखोला गाउँपालिका–४ को बडाचौरमा रातोमाटो ल्याउन आउनेको निकै भिड लाग्ने गर्थ्यो तर पछिल्लो दुई वर्षदेखि निकै कम भएको स्थानीय बलबहादुर खत्रीले बताए। पछिल्लो समय गाउँमा ढुङ्गे घरमासमेत कृतिम रङ लगाउन थालेपछि माटो र कमेरोको प्रयोग कम हुँदै गएको उनको भनाइ छ। 

‘यो ठाउँमा माटो ल्याउन आउनेको ठूलो भीड लाग्थ्यो, दशैंको बेलामा त झन् पालो गरेर माटो लैजानुपर्ने अवस्था थियो तर अहिले मान्छेहरु आउनै छाडे’, खत्रीले पुरानो माटो निकालिएको ठाउँ सिकाउँदै भने, ‘यहाँबाट सयौं बोरा माटो निकालेर टाढा–टाढा पुर्‍याउँथे, यो गाउँका मात्रै होइन, धेरै गाउँबाट मान्छेहरु माटो ल्याउन यहाँ आउने गर्थे।’

अहिले गाउँमा खर र ढुंगाका घर विस्तारै हराउँदै गएको भन्दै सिमेन्ट र जस्तापाताले बनेका घर बढिरहेको उनको भनाइ छ। पहिले विद्यालयका भवन पनि माटो र काठले बनेको हुँदा दशैंका बेला माटो र कमेरोले लिप्ने गरेको खत्रीले स्मरण गरे। 

‘यो गाउँमा आधा दशक अगाडिसम्म पूरै घर ढुंगा, काठ र माटोले बनेका थिए, कति घर खरले पनि छाएका थिए, अहिले खरको घर त देख्नसमेत पाइँदैन, विद्यालय पनि ढुंगा माटोले बनेका थिए, दशैंका बेला विद्यार्थीले रातोमाटो र कमेरोले लिप्ने गर्थे, अहिले विद्यालय पनि सिमेन्टले बने, सिमेटले बनेका घरमा रातो माटोले लिप्ने कुरा भएन’, उनले भने, ‘अहिलेसम्म त केहीले माटोले घर पोत्दै आएका छन्, अबको दुई/चार वर्षमा गाउँमा कोहीले पनि माटो र कमेरो प्रयोग गर्ने छैनन्।’

बागलुङका १० वटै स्थानीय तह खरको छानो मुक्त पालिका अभियानमा जुटेका छन्। सो अभियानअनुसार गाउँमा भएका पुराना खरका छाना हटाएर जस्तापाताले छाउन थालेका छन्। जिल्लाको बागलुङ नगरपालिका, गलकोट नगरपालिकालगायत पालिकामा अहिले खरका घर पूर्णरूपमा विस्थापित भएका छन्।

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बाढी–पहिरोले रसुवा, धादिङ, मुगु र सिन्धुपाल्चोकका सडक अवरुद्ध बाढी, पहिरो तथा वर्षाका कारण देशका विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। बिहीबार, भदौ १८, २०८३
शव पहिचानका लागि डीएनए परीक्षण : मृतकका कुन-कुन आफन्तले दिन सक्छन् रगतको नमुना ? बाढीमा फेला परेका कतिपय शव गलेको, अनुहार चिन्न नसकिने तथा केहीको शरीरका अङ्ग मात्रै फेला परेकाले पहिचानमा कठिनाइ भएको हो । यस्तो अवस... बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : १ हजार २२२ शव फेला, ४ हजार ८७५ जना अझै सम्पर्कविहीन रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बुधबार राति १० बजेसम्म १ हजार २२२ जनाको शव फेला परेको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
बाढी–पहिरोले रसुवा, धादिङ, मुगु र सिन्धुपाल्चोकका सडक अवरुद्ध बिहीबार, भदौ १८, २०८३
केनको दुई गोलमा बायर्नको जित बिहीबार, भदौ १८, २०८३
शव पहिचानका लागि डीएनए परीक्षण : मृतकका कुन-कुन आफन्तले दिन सक्छन् रगतको नमुना ? बिहीबार, भदौ १८, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : १ हजार २२२ शव फेला, ४ हजार ८७५ जना अझै सम्पर्कविहीन बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्