काठमाडौं– विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा डीआर उपाध्यायको नयाँ एल्बम ‘ईशा’ सार्वजनिक गरिएको छ। उक्त एल्बम बिहीबार बिहान काठमाडौंको कमलापोखरीस्थित सिटी सेन्टरमा सार्वजनिक गरिएको हो।
मलमा ग्राहकको भिडभाडबीच गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणि देवकोटाका प्रमुख आतिथ्यतामा डा उपाध्ययाको ४५ वटा गीतको भिडियो कलेक्सन रहेको एल्बम ‘ईशा’ लोकार्पण गरिएको हो।
एल्बमलाई प्रमुख अतिथि देवकोटासहित सर्जक डा उपाध्याय, सञ्चारकर्मी तुलसी गिरी, भोला अधिकारी, शुभाष प्रधान, निरज दाहाल, सिडी डिजाइनर रमेश थापालगायतले लोकार्पण गरे।
समारोहमा देवकोटाले सर्जक उपाध्यायले आफ्ना सिर्जना श्रोता/दर्शकमाझ ल्याउदा सधैं अलगअलग र पृथक तरिका अपानाउँदै सार्वजनिक गर्ने क्रममा सिटी सेन्टरमा मलमा पनि पृथक तरिकाले सार्वजनिक गरेको बताए।
कार्यक्रममा कीर्तिमानी गीतकार डा उपाध्यायले आफूले आफ्ना सिर्जना हरेक समय फरक तरिकाले प्रस्तुत गर्ने र त्यसलाई सार्वजनिक पनि फरक तरिकाले गर्दै आएकोमा यो एल्बम पनि मलमा ठूलो संख्यामा ग्राहकबीचमा विमोचन गरिएको बताए।
गीतसंगीत तथा विविध विधामा ११० विश्व कीर्तिमान गरेका डा उपाध्यायका १४ उपन्यास पाठकमाझ आएका छन् भने सयौं फरकफरक शैलीका गीत श्रोता/दर्शकमाझ आएका छन्। पछिल्लो उपन्यास कृति ‘कशुर’ केही समयअघि लोकार्पण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।