काठमाडौं- अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’मा नेपाली मूलकी गायिका परिजिता बास्तोलाले उत्कृष्ट प्रस्तुति दिएकी छिन्।
१७ वर्षीया बास्तोलाले २२औं संस्करणको ‘द भ्वाइस’को ब्लाइन्ड राउन्डमा चारैजना कोचको कुर्सीलाई घुमाउन सफल भएकी हुन्।
कोचहरु क्यामिला काबेलो, ब्लेक शेल्टन, ग्वेन स्टेफानी र जोन लिजेन्डले उनको गायकीको प्रशंसा गरेका थिए। परिवारको सल्लाहमा उनले जोनको टिम रोजेकी छिन्।
उनले अंग्रेजी गीत ‘जेलस’ गाएकी थिइन्। अमेरिकाको एनबीसी टेलिभिजनबाट प्रसारण भइरहेको उक्त रियालिटी शोमा बास्तोलाले कोचलाई रुद्राक्षको माला लगाइदिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।