• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

दशैंको कोसेली बाजुराको स्याउ, मूल्य प्रतिकेजी १८० मात्र!

64x64
कल्पना घिमिरे आइतबार, असोज १६, २०७९  ०८:०२
1140x725

काठमाडौं– नेपाली बजारमा अहिले भारतीय र चिनियाँ स्याउको बिगबिगी छ। नेपाली स्याउले भने बजार नपाएको गुनासो किसानहरुले गर्ने गरेका छन्। नेपालमा उत्पादित स्याउ बोटमा नै कुहिएर खेर जाने गरेको विषयमा समाचारमा पनि आउने गर्छ। 

बजार पाउनै समस्या भोगिरहेको नेपाली स्याउलाई ‘एग्री डिरेक्ट’ नामक कम्पनीले अनलाइनमार्फत् नेपालभरी बजारीकरण गर्न सुरु गरेको छ। यस वर्ष दशैंको छेको पारेर कम्पनीले नेपालको अर्ग्यानिक स्याउ बिक्री सुरु गरेको छ। दशैंमा उपभोक्ताका लागि अर्ग्यानिक स्याउ ‘कोसेली’ पनि हुने उद्देश्यले अनलाइनमार्फत् बिक्री सुरु गरिएको कम्पनीका सञ्चालक सुहृद चापागाईं बताउँछन्। अहिले दशैंका लागि भनेर उनले बाजुराको स्याउ आफ्नो स्टोरमा राखेका छन्। 

काठमाडौंको बानेश्वरमा रहेको यो कम्पनीले चापागाईंले १ वर्ष अगाडि सुरु गरेका हुन्। नेपालको ग्रमिण (पहाडी तथा हिमाली) क्षेत्रमा उत्पादित उपजहरुलाई सहज रुपमा उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले चापागाईंले एग्री डिरेक्ट सुरु गरेका हुन्। स्याउ, सुन्ताला, जुनार, कागती, कागुनो (कागुन), जुनेलो, मार्सी, कोदो, फापर, अदुवा, अलैँची जस्ता उपजहरु किसानसँग सीधै किनेर ल्याउने र अनलाइनमार्फत् बिक्री गर्ने गरेको चापाइले सुनाए। 

चापागाईं १६ वर्ष अघिसम्म एनजीओ र आईएनजीओका काममा खटिन्थे।  त्यहाँ काम गर्दा उनले देशका सबै जिल्लामा घुम्ने अवसर पाए। उनको काम नै ग्रामिण कृषिको अध्ययन, अनुसन्धान गर्ने र त्यसको उत्थानका लागि प्रोजेक्टहरु बनाउने थियो। त्यस क्रममा उनले कृषि क्षेत्रका समस्याबारे बुझ्ने मौका पाए। 

‘अध्ययनका क्रममा किसानहरु आफूले गर्ने खेती प्रणालीबारे जानकार नभएको पाएँ। कृषिजन्य वस्तु त्यसमा पनि गुणस्तरीय उत्पादन भएका ठाउँमा बजार नपाएको देखेँ। त्यसपछि कृषि क्षेत्रलाई अगाडि लैजान मैले यस (कम्पनी)को सुरुवात गरेको हुँ,’ उनले भने। 

उनले दशैंका लागि भनेर मात्रै बाजुराबाट ६ टन स्याउ काठमाडौं ल्याएका छन्। बाजुराको स्याउ प्रतिकिलो १८० रुपैयाँ तिरेर काठमाडौंसहित सहरी क्षेत्रका उपभोक्ताले घरमै बसेर पाउनसक्ने चापागाईंले सुनाए। 

‘अहिले फुटपाथ व्यापारीहरूले भारतीय स्याउलाई मुस्ताङको स्याउ, जुम्लाको स्याउ भन्दै बिक्री गरेको हामीले प्रत्यक्ष देखेका छौं। जसको कारण बाजुरामा फलेको स्याउ नै नराम्रो हो कि भन्ने भान आम उपभोक्तालाई परेको छ। उपभोक्ताले नेपाली स्याउ र भारतीय स्याउ चिन्न नसक्नाले पनि यस्तो भएको हो,’ चापागाईं भन्छन्, ‘त्यस्तो बिकट ठाउँबाट ल्याउन कम्ता कठिन छ? कहाँ १०० रुपैयाँमा मुस्ताङको, जुम्लाको स्याउ आउँछ। कतिपय पसलेहरूले पनि मुस्ताङको स्याउ भनेर भारतीय स्याउलाई महँगो मूल्य असुल्ने गरेका छन्। तर हामी भने हाम्रा ग्राहकलाई नेपाली अर्ग्यानिक स्याउ चखाएर विश्वास दिलाउँछौँ।’ 

पहिलोपल्ट उनले रोल्पाको स्याउ ल्याएर बिक्री गरे। त्यहाँबाट ग्राहकको राम्रो प्रतिक्रिया पाए। त्यसछि झन् उनमा यसप्रति रुचि र जाँगर बढ्दै गयो। उनले ७७ वटै जिल्लाका विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान गरे। कुन स्थानमा कस्ता कृषि उपज बजारबाट बञ्चित छन्, ती ठाउँका कृषिजन्य वस्तुहरुलाई बजारमा ल्याउन थाले। अहिले नेपालभरी ओझेलमा परेका गुणस्तरीय खाद्यवस्तुलाई बजारीकरण गर्ने काम गरेको उनी बताउँछन्। ताप्लेजुङको अलैँचीदेखि दार्चुला र जुम्लाको ओखर तथा स्याउ ल्याउन थालेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

Agri_Direct_Product1664357377.jpg

उनको कम्पनीमा अहिले चार जनाले रोजगारी पाइरहेका छन्।  चार जनाले अर्डर अनुसारका खाद्यवस्तु पुर्‍याउने काम गर्छन्। अहिले बजारमा नेपाली रैथाने खाद्यवस्तुको राम्रो माग छ। कमाई पनि निकै राम्रो हुँदै गएको सुहृद बताउँछन्।

‘चालिस वटा पसलले अहिले एग्री डिरेक्टमार्फत् फलफूल होलसेल मूल्यमा लिने गर्छन्। र, चार सय जना नियमित ग्राहक छन्। महिनामा एक लाख लगानी गरेँ भने कामदारलाई मासिक तलब दिएर ५० हजार बराबर आफूलाई फाइदा हुन्छ,’ उनले भने।

के हो एग्री डिरेक्टको काम?
एग्री डिरेक्ट एउटा यस्तो अनलाइन व्यापार कम्पनी हो। जसले नेपाली गुणस्तरीय फलफूल तथा विभिन्न खाद्यवस्तुहरु किसानसँग भेटेर किसानले तोकेको मूल्यमा किनेर बजारीकरण गर्ने गर्छ। कृषि उपजहरु कृषकलाई घाटा नहुने हिसाबले किनेर ल्याउँछ। र, उचित मूल्यमा अनलाइनमार्फत् व्यापार गर्छ।

Xtrem

Xtrem

अर्गानिक फलफूलमा स्याउ, सुन्तला, केरा, जुनार लिच्ची, अम्बा, खरबुजा, हरियो किवि, रातो किवि , एभोकाडो, विभिन्न अर्गानिक तरकारीजन्य मसला, दाल, चामल लगायतका थुपै्र खाद्यवस्तुको बजारीकरण गर्छ।

‘अदुवा, बेसार, अकबरे, घिउ र मह गरी ६ वटा उत्पादक चाँहि हाम्रो आफ्नो ब्राण्डमा आउँछ। यीमध्ये थुप्रै खाद्य पदार्थ, दैनिक भान्सामा प्रयोग हुने सेफ फुड हामीले एग्री डिरेक्टमार्फत मार्केट गर्छौँ,’ चापागाईंले भने।

प्राङ्गारिक मल प्रयोग गरेर फलाएका खाद्यवस्तुलाई बढी प्राथमिकता दिने गरेको उनले बताए। कुनै रासायनिक मल प्रयोग भएका छन् भने त्यस्ता खाद्यवस्तु कतिको खानयोग्य छ? कति हानीकारक छ? भनेर परीक्षण गरेर खानयोग्य भए मात्र बजारीकरण गर्ने गरेको सुहृदले बताए। 

Agri_Direct_Product_21664357377.jpg

‘अहिले नेपाली उत्पादन विदेशी बजारमा पनि पुर्‍याउने काम गर्छौँ। एउटा मुग्लान भन्ने अस्ट्रेलिया नेपाली खाद्यवस्तु निर्यात गर्र्ने कम्पनी छ। त्यसमार्फत् हामीले हाम्रो प्रोडक्ट अस्ट्रेलिया पनि पठायौँ,’ उनले भने।

अबको एक वर्ष भित्रमा अन्य देशमा आफैं नै निर्यात गर्ने योजना बनाएको सुहृद बताउँछन्। उनी भन्छन्, ‘विदेशी खाद्य वस्तु आयातमा होइन, अब हामीले स्वदेशी खाद्यवस्तु विदेशमा बिक्री गर्नुपर्छ।’

के हो सेफ फुड?
‘सेफ फुड भनेको केमिकल, फिजिकल र माइक्रोवियल हजाडबाट फ्रि हुनु हो’, सुहृदले भने।

कुन खाद्यवस्तुमा कति केमिकल प्रयोग गरिएको छ त्यो परीक्षण गरिन्छ। खाद्यवस्तु प्रायः प्राङ्गारिक मल प्रयोग गरिएका हुन्छन्। यदि रसायनिक मलको प्रयोग गरिएको छ भने त्यसको परीक्षण गरेर खानयोग्य मानिएको खाद्यवस्तु मात्र बजारीकरण गर्ने गरिएको चापागाईंले सुनाए।

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  ०८:०२
  • #दशैं_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
आज कति पुग्यो डलर ? नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... आइतबार, असोज २५, २०८३
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्... शनिबार, असोज २४, २०८३
यस्तो छ आज विदेशी मुद्राको भाउ राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्