• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

दशैंको कोसेली बाजुराको स्याउ, मूल्य प्रतिकेजी १८० मात्र!

64x64
कल्पना घिमिरे आइतबार, असोज १६, २०७९  ०८:०२
1140x725

काठमाडौं– नेपाली बजारमा अहिले भारतीय र चिनियाँ स्याउको बिगबिगी छ। नेपाली स्याउले भने बजार नपाएको गुनासो किसानहरुले गर्ने गरेका छन्। नेपालमा उत्पादित स्याउ बोटमा नै कुहिएर खेर जाने गरेको विषयमा समाचारमा पनि आउने गर्छ। 

बजार पाउनै समस्या भोगिरहेको नेपाली स्याउलाई ‘एग्री डिरेक्ट’ नामक कम्पनीले अनलाइनमार्फत् नेपालभरी बजारीकरण गर्न सुरु गरेको छ। यस वर्ष दशैंको छेको पारेर कम्पनीले नेपालको अर्ग्यानिक स्याउ बिक्री सुरु गरेको छ। दशैंमा उपभोक्ताका लागि अर्ग्यानिक स्याउ ‘कोसेली’ पनि हुने उद्देश्यले अनलाइनमार्फत् बिक्री सुरु गरिएको कम्पनीका सञ्चालक सुहृद चापागाईं बताउँछन्। अहिले दशैंका लागि भनेर उनले बाजुराको स्याउ आफ्नो स्टोरमा राखेका छन्। 

काठमाडौंको बानेश्वरमा रहेको यो कम्पनीले चापागाईंले १ वर्ष अगाडि सुरु गरेका हुन्। नेपालको ग्रमिण (पहाडी तथा हिमाली) क्षेत्रमा उत्पादित उपजहरुलाई सहज रुपमा उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले चापागाईंले एग्री डिरेक्ट सुरु गरेका हुन्। स्याउ, सुन्ताला, जुनार, कागती, कागुनो (कागुन), जुनेलो, मार्सी, कोदो, फापर, अदुवा, अलैँची जस्ता उपजहरु किसानसँग सीधै किनेर ल्याउने र अनलाइनमार्फत् बिक्री गर्ने गरेको चापाइले सुनाए। 

चापागाईं १६ वर्ष अघिसम्म एनजीओ र आईएनजीओका काममा खटिन्थे।  त्यहाँ काम गर्दा उनले देशका सबै जिल्लामा घुम्ने अवसर पाए। उनको काम नै ग्रामिण कृषिको अध्ययन, अनुसन्धान गर्ने र त्यसको उत्थानका लागि प्रोजेक्टहरु बनाउने थियो। त्यस क्रममा उनले कृषि क्षेत्रका समस्याबारे बुझ्ने मौका पाए। 

‘अध्ययनका क्रममा किसानहरु आफूले गर्ने खेती प्रणालीबारे जानकार नभएको पाएँ। कृषिजन्य वस्तु त्यसमा पनि गुणस्तरीय उत्पादन भएका ठाउँमा बजार नपाएको देखेँ। त्यसपछि कृषि क्षेत्रलाई अगाडि लैजान मैले यस (कम्पनी)को सुरुवात गरेको हुँ,’ उनले भने। 

उनले दशैंका लागि भनेर मात्रै बाजुराबाट ६ टन स्याउ काठमाडौं ल्याएका छन्। बाजुराको स्याउ प्रतिकिलो १८० रुपैयाँ तिरेर काठमाडौंसहित सहरी क्षेत्रका उपभोक्ताले घरमै बसेर पाउनसक्ने चापागाईंले सुनाए। 

‘अहिले फुटपाथ व्यापारीहरूले भारतीय स्याउलाई मुस्ताङको स्याउ, जुम्लाको स्याउ भन्दै बिक्री गरेको हामीले प्रत्यक्ष देखेका छौं। जसको कारण बाजुरामा फलेको स्याउ नै नराम्रो हो कि भन्ने भान आम उपभोक्तालाई परेको छ। उपभोक्ताले नेपाली स्याउ र भारतीय स्याउ चिन्न नसक्नाले पनि यस्तो भएको हो,’ चापागाईं भन्छन्, ‘त्यस्तो बिकट ठाउँबाट ल्याउन कम्ता कठिन छ? कहाँ १०० रुपैयाँमा मुस्ताङको, जुम्लाको स्याउ आउँछ। कतिपय पसलेहरूले पनि मुस्ताङको स्याउ भनेर भारतीय स्याउलाई महँगो मूल्य असुल्ने गरेका छन्। तर हामी भने हाम्रा ग्राहकलाई नेपाली अर्ग्यानिक स्याउ चखाएर विश्वास दिलाउँछौँ।’ 

पहिलोपल्ट उनले रोल्पाको स्याउ ल्याएर बिक्री गरे। त्यहाँबाट ग्राहकको राम्रो प्रतिक्रिया पाए। त्यसछि झन् उनमा यसप्रति रुचि र जाँगर बढ्दै गयो। उनले ७७ वटै जिल्लाका विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान गरे। कुन स्थानमा कस्ता कृषि उपज बजारबाट बञ्चित छन्, ती ठाउँका कृषिजन्य वस्तुहरुलाई बजारमा ल्याउन थाले। अहिले नेपालभरी ओझेलमा परेका गुणस्तरीय खाद्यवस्तुलाई बजारीकरण गर्ने काम गरेको उनी बताउँछन्। ताप्लेजुङको अलैँचीदेखि दार्चुला र जुम्लाको ओखर तथा स्याउ ल्याउन थालेका छन्।

Ncell 2
Ncell 2

Agri_Direct_Product1664357377.jpg

उनको कम्पनीमा अहिले चार जनाले रोजगारी पाइरहेका छन्।  चार जनाले अर्डर अनुसारका खाद्यवस्तु पुर्‍याउने काम गर्छन्। अहिले बजारमा नेपाली रैथाने खाद्यवस्तुको राम्रो माग छ। कमाई पनि निकै राम्रो हुँदै गएको सुहृद बताउँछन्।

‘चालिस वटा पसलले अहिले एग्री डिरेक्टमार्फत् फलफूल होलसेल मूल्यमा लिने गर्छन्। र, चार सय जना नियमित ग्राहक छन्। महिनामा एक लाख लगानी गरेँ भने कामदारलाई मासिक तलब दिएर ५० हजार बराबर आफूलाई फाइदा हुन्छ,’ उनले भने।

के हो एग्री डिरेक्टको काम?
एग्री डिरेक्ट एउटा यस्तो अनलाइन व्यापार कम्पनी हो। जसले नेपाली गुणस्तरीय फलफूल तथा विभिन्न खाद्यवस्तुहरु किसानसँग भेटेर किसानले तोकेको मूल्यमा किनेर बजारीकरण गर्ने गर्छ। कृषि उपजहरु कृषकलाई घाटा नहुने हिसाबले किनेर ल्याउँछ। र, उचित मूल्यमा अनलाइनमार्फत् व्यापार गर्छ।

अर्गानिक फलफूलमा स्याउ, सुन्तला, केरा, जुनार लिच्ची, अम्बा, खरबुजा, हरियो किवि, रातो किवि , एभोकाडो, विभिन्न अर्गानिक तरकारीजन्य मसला, दाल, चामल लगायतका थुपै्र खाद्यवस्तुको बजारीकरण गर्छ।

‘अदुवा, बेसार, अकबरे, घिउ र मह गरी ६ वटा उत्पादक चाँहि हाम्रो आफ्नो ब्राण्डमा आउँछ। यीमध्ये थुप्रै खाद्य पदार्थ, दैनिक भान्सामा प्रयोग हुने सेफ फुड हामीले एग्री डिरेक्टमार्फत मार्केट गर्छौँ,’ चापागाईंले भने।

प्राङ्गारिक मल प्रयोग गरेर फलाएका खाद्यवस्तुलाई बढी प्राथमिकता दिने गरेको उनले बताए। कुनै रासायनिक मल प्रयोग भएका छन् भने त्यस्ता खाद्यवस्तु कतिको खानयोग्य छ? कति हानीकारक छ? भनेर परीक्षण गरेर खानयोग्य भए मात्र बजारीकरण गर्ने गरेको सुहृदले बताए। 

Agri_Direct_Product_21664357377.jpg

‘अहिले नेपाली उत्पादन विदेशी बजारमा पनि पुर्‍याउने काम गर्छौँ। एउटा मुग्लान भन्ने अस्ट्रेलिया नेपाली खाद्यवस्तु निर्यात गर्र्ने कम्पनी छ। त्यसमार्फत् हामीले हाम्रो प्रोडक्ट अस्ट्रेलिया पनि पठायौँ,’ उनले भने।

अबको एक वर्ष भित्रमा अन्य देशमा आफैं नै निर्यात गर्ने योजना बनाएको सुहृद बताउँछन्। उनी भन्छन्, ‘विदेशी खाद्य वस्तु आयातमा होइन, अब हामीले स्वदेशी खाद्यवस्तु विदेशमा बिक्री गर्नुपर्छ।’

के हो सेफ फुड?
‘सेफ फुड भनेको केमिकल, फिजिकल र माइक्रोवियल हजाडबाट फ्रि हुनु हो’, सुहृदले भने।

कुन खाद्यवस्तुमा कति केमिकल प्रयोग गरिएको छ त्यो परीक्षण गरिन्छ। खाद्यवस्तु प्रायः प्राङ्गारिक मल प्रयोग गरिएका हुन्छन्। यदि रसायनिक मलको प्रयोग गरिएको छ भने त्यसको परीक्षण गरेर खानयोग्य मानिएको खाद्यवस्तु मात्र बजारीकरण गर्ने गरिएको चापागाईंले सुनाए।

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  ०८:०२
  • #दशैं_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ । बिहीबार, माघ ८, २०८२
एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। बुधबार, माघ ७, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र बिक्र... बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, माघ ८, २०८२
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान सुरु बुधबार, माघ ७, २०८२
यो वर्षको एसईई चैत १९ गतेबाट, यस्तो छ रुटिन बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्