काठमाडौं– ठमेल पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी गरेको छ।
काठमाडौंको त्रिदेवी मार्ग हुँदै क्षेत्रपाटी, सोह्रखुट्टे लैनचौर हुँदै पुनः त्रिदेवीमार्गमा पुगेर समापन भएको हो। ठमेल पर्यटन विकास परिषद्ले विभिन्न बाजागाजासहित प्रभातफेरी गरेको हो।
प्रभातफेरी कार्यक्रमपछि बोल्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले विभिन्न पर्यटनसँग सम्बन्धित संसस्थाका व्यक्तिहरु भेला भएर विश्व पर्यटन दिवसको अवसरमा प्रभातफेरी गरेको बताए।
उनले मंगलबालर दिउँसो स्थानीय र विभिन्न संघसंस्थाहरुसँग मिलेर सांस्कृतिक कार्यक्रम गर्ने बताए। त्यस्तै मंगलबार नै परिषद्ले विभिन्न क्लबसँग मिलेर रक्तदान लगायतका कार्यक्रम गर्नेछ।
त्यस्तै, लायन्स क्लब काठमाडौंका जिल्ला अध्यक्ष उत्तम झाले नेपालमा पर्यटन क्षेत्रको अपार सम्भावना भएपनि फाइदा लिन नसकेको बताए। उनले मंगलबार विश्व पर्यटन दिवसको अवसरमा विभिन्न सांस्कृतिक र पर्यटन क्षेत्रलाई सहयोग पुग्ने कार्यक्रम गरेर दिवस मनाउन लागेको बताए।
‘पर्यटन हाम्रो देशमा अपार सम्भावना भएको क्षेत्र हो। तर, आवश्यक काम गर्न सकेका छैनौँ। जति फाइदा लिनुपर्ने हो त्यति लिन सकेका छैनौँ’, उनले भने।
पर्यटन संघ संस्थाहरुको उपस्थितिमा दिउँसो पञ्चे बाजा, धिमे बाजा, भैरव नाच, देवी नाच, सहितठमेल परिक्रमा गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।