• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दशैं समेट्ने कालजयी गीत, कुन गीत किन लोकप्रिय बने?

64x64
नेपाल लाइभ शनिबार, असोज १५, २०७९  ०८:१५
1140x725

काठमाडौं– शरद ऋतु आगमनको साक्षात्कार गर्दै जन्मने हरेक बिहानीले बडा दशैंको संकेत गर्छ, बहने हावा दशैंकै सुगन्ध बोकेर बहन्छ।

रेडियो, टेलिभिजनमात्र होइन, सार्वजनिक सवारी, हाटबजार, मेला अनि सुपरमार्केटमा बज्ने मालश्री ९दशैं० धुन र दशैं भावमा बज्ने गीतले प्रत्येक नेपालीको मनमा दशैंको उमंग भरिरहेको हुन्छ। अनि सुरु हुन्छ वास्तविक दशैं, रौनकता, उमंग, भेटघाट, मान्यजन, परिवार र चहलपहल।

मालश्री धुन त दशैंको पर्याय नै बनेको छ। तर यति मात्र होइन, अन्य कालजयी गीत पनि छन्। यी गीतले दशैंको वास्तविक पृष्ठभूमिको चित्रण गरिरहेका छन्। दशैंका धेरैजसो गीत आदर्शसँग जोडिएका छन्।

कला, संस्कृति, रीतिथिति र मूल्यमान्यता वर्णन गर्ने यी गीतले दशैंलाई जीवन्त पार्ने गरेका छन् । तर पछिल्लो सयम आदर्श र संस्कृतिको वर्णन गर्ने मात्र नभएर वास्तविकता उराल्ने गीत पनि बजारमा लोकप्रिय बन्न थालेका छन्।

‘दशैं नै हो कि, यो मेरो दशा, फर्की आएको।।।’ नेपाली जनजिब्रोमा गुञ्जिने गीत हो। यिनै शब्दमार्फत् रचनाकार प्रेम बस्नेतले सर्वसाधारण नेपालीको दशैंको वास्तविकता बोल्ने प्रयास गरेको गीत कालजयी बनेको छ। नेपाली संगीत बजारमा यस्ता थुप्रै कालजयी गीत छन्, जसले दशैंको अनुभूति दिलाइरहेका हुन्छन्। 

दशैंसँग जोडिएका केही उत्कृष्ट गीत र संगीत 
दशैंको आगमनसँगै रेडियो, टेलिभिजन, मठ–मन्दिरलगायता स्थानमा जब मालीश्री (मंगल) धुन बज्न थाल्दछ तब नेपाल र नेपालीहरु दशैंको रौनकतामा पुलकित हुने गर्दछन्। 

रागमा आधारित मालश्री धुन कहाँ र कहिलेबाट बजाउन सुरु गरियो भन्ने विषयमा एकिन तथ्य नभेटिए पनि सनातन हिन्दू धर्मअनुसार कालिका, जगदिश्वरीलगायत नारी शक्तिहरुको अनुग्रह तथा पूजा आरधनामा यो धुनको प्रयोग हुँदै आएको छ। 

नेपालका विभिन्न ठाँउ र पर्वअनुसार यसको धुनपनि फरक पर्ने गरेको छ। दशैंमा बज्ने मालश्रीमा ढोलकको प्रयोग गरिँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

यस अर्थमा अरु समय र स्थानमा बज्ने मालश्री र दशैंमा बज्ने मालश्री केही फरक छ। सारंगी र मुरलीलाई मालश्रीको टाउको मानिए पनि यसमा अन्यबाजाहरु पनि प्रयोग हुन्छन्।

मादल, झ्याम्टा, ढोलकलगायत बाजा बजाएर मालश्रीको राग सिर्जना गर्ने गरिएको छ। 

 ‘दशैं नै हो की यो मेरो दशा..’
दशैं पर्वको मौलिकता एकातिर हुदाँहुदै पनि यससँग आर्थिक पक्ष पनि उतिकै जोडिएर आएको हुन्छ। राम्रो लगाउने, मीठोमसिनो खाने, परिवार नातागोता, दान–दक्षिणा, भेटघाटलगायत थुप्रै परम्परागत विषय दशैंसँग गासिँएका हुन्छन्।

तर, सबै परिवारमा यी चाहाना पूरा गर्ने क्षमता हँुदैन। यसै परिवेशलाई समेटिएको गीत ‘दशैं नै हो कि, यो मेरो दशा’।

Xtrem

Xtrem

गीतकार प्रेम बस्नेतले दशैंको संघारमा २ गरिब परिवारले एउटा खसी आधा–आधा बाड्न गरेको संवादमा आधारित भएर उक्त गीतको रचना गरेका थिए।

दशैं नै हो कि, यो मेरो दशा फर्की आएको
वर्ष नै पिच्छे किन यो मेरो टाउको खाएको 
दशैं आएको...दशैं आएको 

गायक योगेश्वर आमात्यको स्वर रहेको यस गीतले दशैंको रमाइलो पक्षभन्दा पनि आर्थिक, सामाजिक र पारिवारिक तनाव खोतलेको छ।

प्रायः मानिसको भोगेको, धेरैका मनमा लागेको तर कम मानिसले खुल्ने आम मानिसको भावना समेटिएको यो गीत धेरैको जनजीविका प्रतिनिधित्व गर्नुका साथै फरक भाकामा भएकाले पनि कालजयी बन्न पुगेको हो। 

‘नमुछे आमा दहीमा टीका...’
रोजगारका लागि परदेशिएका छोराहरुको विलौना यस गीतको मुख्य विषयवस्तु हो। दशैंमा बज्ने यो कालजयी गीतले नेपाली युवाहरुको आत्मकथा बोलेको छ। परदेशमा रहेका छोराले आफ्नी आमालाई मृत्यु नजिक पुगेकाले विलौना स्वरुप जमरा र टीका तयार नर्गन आग्रह गरेका छन्। त्यसैगरी, प्राण प्यारी जीवन संगिनीलाई नाडीका चुरा र सिउँदोको सिन्दुर नत्याग्न आग्रह गरेका छन्।

‘नमुछे आमा दहीमा टीका नछरे जमरा
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर।।।’

यो गीतको रचना पनि उस्तै संयोगमा भएको थियो। सर्जक नारायण रायमाझीका दाजु लक्ष्मण राइमाझीले आफू भारतीय सेनामा काम गर्दा पाकिस्तानसँगको युद्धका बेला उक्त गीत रचना गरेका थिए। गीतलाई उनै सर्जक लक्ष्मणले लोकलयमा स्वरबद्ध पनि गरेका थिए। तर पछि २०५७ तिर दृष्टिविहीन गायक कृष्णभक्त राईले आधुनिक शैलीमा गीतलाई स्वरबद्ध गरेपछि भने यसको लोकप्रियता बढेको हो। गीतका शब्दले विदेशिएका धेरैजसो नेपालीको भावना समेटेको हुनाले यो गीत पनि दशैंको कालजयी गीत बनेको हो।

दशैं आयो (फिल्म मुग्लान)
‘वर्ष र दिनको रमाईलो चाड गाँउघरमा आइपुग्यो
नेपालीजनको महान पर्व आँगनमा आइपुग्यो..’

फिल्म मुग्लानमा समेटिएको यो दशैंको सदाबहार गीत हो। ‘दशैं आयो’ गीतले नेपालीको वास्तविक दशैंको चित्रण गरेको छ।

शरद ऋतुको मौसम, परदेशिएको छोरोको आगमनमा बुढीआमाको अनुहारमा छाएको खुसी, ग्रामीण परिवेशमा मनाईने दशैंलाई जस्ताको तस्तै गीतमा समावेश गर्नु यो गीत तथा भिडियोका विशेषता हुन्। यही कारण पनि यो गीत दशैंका लागि सदाबहार गीत नै बनेको हो भन्नु अत्युक्ति नहोला।

लोकनाथ सापकोटाको शब्द र संगीतमा तयार पारिएको यो गीतमा उदितनारायण झा र दीपा झाको स्वर छ। गीतमा विपना थापा, दिलिप रायमाझी, सुशील क्षेत्री, झरना थापालगायतको अभिनय रहेको छ। 

बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा..
स्वरसम्राट नारायण गोपाल र गायिका दिलमाया खातीको स्वरमा सजिएको ‘बिछोडको पीडा।।।’ बोलको गीतले पनि दशैंको झल्को दिने गरेको छ।

नेपाली सदाबहार गीतहरुको संग्रहमा सजिएको यस गीतलाई गीतकार रत्न शमसेर राणाले रचना गरेका हुन्। 

पारिवारिक रुपमा बिछोडिएको परदेशीले घर आउन गरेको वाचा गीतमा प्रस्तुत गरिएको छ। स्वदेशमा दशैं मानिरहँदा विदेशमा युवाको मन कस्तो वेदनामा अल्झिएको हुन्छ भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ। 

तर, यस गीतलाई दशैंसँग जोडेर भन्नु भन्दा पनि, जीवनसाथी सँगको बिछोडको विलौना अर्थात् युगल प्रेमीहरुको प्रेमभावको विम्बको रुपमा लिँदा न्याय हुने तर्क छ गीतकार डा। कृष्णहरि बरालको। ‘गीतले दशैंको भाव बोल्नु संयोग मात्र हो।

कीनकि, यहाँ दशैंको भाव भन्दापनि प्रेमील शब्दहरु बलिया छन्। बिछोडपछिका वियोगान्त छन्, युगल जोडीका छिट्टै भेट गर्ने वाचा छन्। यस अर्थमा युगल प्रेमीको बिछोडमा दशैं संयोग बनेर मात्र आएको हो’ बरालको भनाइ छ। 

‘वर्षमा दिनमा लै लै...’ 
दशैंको समय बज्ने अर्को लोकप्रिय गीत हो सुगम पोखरेलको ‘दशैं तिहार’। पछिल्लो समय सार्वजनिक भएका गीतमध्ये सुगमको यो गीत दर्शक–स्रोतामाझ कर्णप्रिय बन्न सफल भएको गीतका सूचीमा पर्छ।
वर्षमा दिनमा लै लै हर्षका दिन यी लै लै
दशैंतिहार चाड र बाड, खुसीले सारा भर्यो नि संसार।।।
यसका साथै बाध्यताले विदेशमा बस्नुपरेका युवाको वेदना पनि गीतमा प्रस्तुत भएका छन्।  यस्तै परिवेशमा आधारित भएर रवि श्रेष्ठले नेपालीमाझ दशैंतिहारको आभाष दिलाएका छन्।
गीतमा गायक सुगमकै संगीत रहेको छ। गीतको भिडियोमा गायक स्वयं र साथीहरुको अभिनय पनि रहेको छ। 

समग्रमा भन्नुपर्दा, महान पर्व दशैंलाई मात्र केन्द्रमा राखेर बनाएका गीतहरुको संख्या बजारमा धेरै भएपनि थोरैमात्र गीत लोकप्रिय बन्न सफल भएका छन्।

दशैंका विषयमा कुरा गर्नुपर्दा नेपाली मौलिक संस्कृति बोकेका र जीवन्त चित्रण गरेकाले ‘दहीमा टीका नमुछे आमा’ गीत कालजयी बनेको हो।

यसैगरी, न्यून मध्यम आयस्रोत भएका आम मानिसको वस्तुस्थिति र वास्तविकता चित्रण गर्न सकेका कारण ‘दशैं नै हो कि, यो मेरो दशा’ गीत लोकप्रिय बन्न सफल भएको हो। 

दशैंका तुलनामा तीज र तिहारका गीत बढी सिर्जना हुने गरेका छन्। किन दशैंलाई केन्द्रमा राखेर गीत बन्दैनन् तरु यस विषयमा गीतकार डा कृष्णहरि बराल भन्छन्– ‘यो सबै लोभ हो जस्तो लाग्छ। किनकि दशैंलाई मात्र केन्द्रमा राखेर रचना गर्दा यसको बज्ने आयु छोटो हुन्छ।

तर तिहारलाई पनि समेटियो भने भने केही मात्रामा यसको आयु लामो हुन्छ।’

डा बरालले भनेझैं दशैं र तिहारसँग जोडिएर बनेको गीत भने बजारमा धरै छन्। यसमध्ये ‘फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार...’, ‘घरदेश परदेश...’, ‘दशैं आयो’..(उत्साह), ‘यसपाली त यस्तै भयो आमा‍..’, ‘दाइ त मेरो लाहुरै जाने...’ जस्ता गीत लोकप्रिय छन्।  


नेपाल लाइभ अर्काइभबाट। प्रसंग नमिलेका अंशहरुलाई हटाइएको तथा सम्पादन गरिएको छ।

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  ०८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ?
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । त्यसपछि उनले... आइतबार, असोज ४, २०८३
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ सोमबार, असोज १२, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी सोमबार, असोज १२, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? सोमबार, असोज १२, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने सोमबार, असोज १२, २०८३
लखनदेई खोलामा आएको बाढीले भाडसर खुटौनाको बस्ती र धान खेत डुबानमा सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्